Smoking Causes Cancer

गुल्मीको मुसिकोट नगरपालिकाले अपाङ्गता परिचयपत्र वितरण गर्ने



ओझेलका खबर संवाददाता
५ वर्ष अगाडि


Place for ads

गुल्मी: मुसिकोट नगरपालिका नगरकार्यपालिकाको कार्यालयको आयोजनामा यही पुष २९ र ३० गते नगरपालिका भित्र रहेका अपाङ्गता भएका व्यक्तिहरुको लागि परिचय पत्र वितरण कार्यक्रम संचालन हुन गर्इ रहेको नगरपालिकाद्वारा जारी सूचनामा भनिएको छ।

‘यस नगरपालिकाका हरेक वडामा रहेका अपाङ्गता परिचय पत्र प्राप्त नगरेका वा नविकरण नगरेका (जिल्लाबाट प्राप्त गरेका तर नगरपालिकामा नविकरण नभएका) अपाङ्गता भएका व्यक्तिहरुको विवरण संकलन गरी परिचयपत्र वितरणका लागि सम्बन्धित व्यक्तिहरुलाई नगरपालिकाको कार्यालयमा आउने व्यवस्थाका लागि सहजिकरण गरी दिनु हुन अनुरोध छ।’ सूचनामा उल्लेख गरिएको छ।

परिचयपत्र वितरण मिति र समय वडा नं. १, २, ३ र ४ को लागि मिति २०७८/०९/२९ गते बिहिबार, बिहान १०:०० देखि र बाँकी वडाहरू ५, ६, ७, ८ र ९ को लागि मिति २०७८/०९/३० गते शुक्रबार, बिहान १०:०० देखि तोकिएको छ। सम्बन्धित सबैलाई मुसिकोट नगरपालिका नगरकार्यपालिकाको कार्यालय, वामीटक्सार, गुल्मीमा तोकिएको मितिमा निम्न कागजातहरु सहित उपस्थित भइदिनुहुन पनि नगरकार्यपालिकाको कार्यालयले अनुरोध गरेको छ:

सिंचाई
Forest
Ad.

१. निवेदन
२. वडाको सिफारिस
३. पासपोर्ट साइजको फोटो ४ वटा
४. जन्मदर्ता प्रमाण-पत्र वा नागरिकताको प्रमाण-पत्र वा जग्गाधनी प्रमाण पूर्जा वा शैक्षिक योग्यताको प्रमाण-पत्र वा मतदाता प्रमाण पत्र वा अपाङ्गताको आधारमा कुनै जागिर गरिरहेको भए नियूक्ति पत्र वा त्यो संस्थाले दिएको प्रमाण वा जि.प्र.का.मा दर्ता भएका अपाङ्गता सम्बन्धी कार्य गर्ने संघसंस्थाले गरेको सिफारिस।
५. अपाङ्गता सम्बन्धी स्वास्थ्य जाँचका आवश्यक कागजातहरु।
६. पुरानो परिचय पत्र (नविकरण नभएको खण्डमा)

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया