Salime Malika Krishi Farm

Awareness Campaign

चमुवा आधारभूत विद्यालयको वार्षिक परीक्षाफल प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न



लालु प्रसाद गैरे
१० महिना अगाडि


Awareness

Place for ads

बागलुङ: गल्कोट नगरपालिका वडा नम्बर ४ मा रहेको श्री चमुवा आधारभूत विद्यालयको शैक्षिक सत्र २०८१ को वार्षिक परीक्षाफल प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास सुवेदीले अभिभावक र विद्यार्थी बीचको त्रिकोणात्मक सम्बन्ध बलियो हुँदा मात्र शिक्षामा गुणस्तर कायम गर्न सकिने बताउनुभएको छ। उहाँले विद्यालयप्रतिको विश्वास र सहकार्यप्रति सम्पूर्ण अभिभावकहरूलाई आभार प्रकट गर्नुभएको थियो साथै कक्षा आठमा सतप्रतिशत तथा नगरपालिकामा सामुदायिक विद्यालयमध्ये प्रथम हुन सफल गराउनु भएकोमा शिक्षक अभिभावक विद्यार्थी तथा सम्पूर्ण समिति तथा सरकारवाला निकायलाई हार्दिक आभार एवं धन्यवाद प्रकट गर्नुभएको थियो।

कार्यक्रममा स्वागत मन्तव्य कल्पना गौतम सुवेदीले राख्नुभएको थियो उहाँ ले भन्नुभयो विद्यालयले पछिल्लो समय नगरपालिकाबाट सञ्चालित कक्षा आठको परीक्षामा शतप्रतिशत नतिजा ल्याउन सफल भएको बताउनुभएको छ। कार्यक्रममा परीक्षामा उत्कृष्ट नतिजा ल्याउने प्रथम द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो।

सिंचाई
Forest
Ad.

उक्त कार्यक्रममा प्र.अ. नवीन सुवेदीले विद्यालयका भावी योजनाका बारेमा प्रष्ट पार्नुभएको थियो कार्यक्रममा उक्त विद्यालयका विद्यार्थी रश्मी सुवेदीको मन्तव्य र विद्यालयका शिक्षक धनप्रसाद सुवेदी को सञ्चालनमा सम्पन्न भएको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो