नेकपा माओवादी केन्द्रका केन्द्रिय सचिव तथा लुम्बिनी प्रदेशका ईन्चार्ज चक्रपाणि खनाल ९वलदेव ० ले पुर्व माओवादी नेता बाबुराम भ‘ट्टराईले कुनै पार्टी चलाउनु त परै जाओस जिल्ला कमिटी समेत चलाउन सक्ने नेतृत्व क्षमता नभएको आरोप लगाएका छन ।
शनिबार माओवादी केन्द्र गुल्मीको रुरुक्षेत्र गाउँ कमिटीको तश्रो अधिवेशनलाई सम्बोधन गर्दै भ‘ट्टराईलाई त्यस्तो आरोप लगाएका हुन् ।
मोहन बैद्य किरण हामी सबैको आदर्श नेता हो , हामी मान्छौं । बाबुराम भ‘ट्टराईजी पनि बौद्धिक नेता हो तर उहाँमा कुनै पार्टी चलाउनु त परै जाओस जिल्ला कमिटी चलाउने ल्याकत समेत राख्नु हुन्न , नेता खनालले भने । उनले २०६४ सालमा आफुहरुले चुनाव जिते पछि जनतामा नफर्किएका कारण जनताले आफुहरुलाई २०७० मा हराएकोबाट माओवादी केन्द्रले त्यो कमजोरी स्वीकार गर्दै जनताकोमा पुग्े लगत्तै अहिले जनलहर बद्दै गएको दावी गरे ।
पुर्व मन्त्री समेत रहनु भएका उनले फुटेका माओवादीहरु एक ठाउँ ल्याउने मात्र होईन, माधव कुमार नेपाल लगायत विभिन्न पार्टी संग एकता वा मोर्चा बनाएर आगमी निर्वाचनमा जाने बारे केन्द्रिय कमिटीमा छलफल चलेको र पार्टी अध्यक्ष प्रचण्डले पछिल्लो पटक सरकार चलाउदा भ्रष्टचार बिरुद्ध चालेको कदम र सुशासनका पक्षमा खेलेको भुमिकाले जनतामा माओवादी प्रति आकषर्ण बढेकोले अब कांग्रेस एमालेहरुले जनतालाई आफ्नो ठक्का वा पेवा नठान्न समेत चुनौती दिए ।
उनले यो देशका समकालिन शिर्ष नेताहरु मध्ये पार्टी अध्यक्ष प्रचण्ड सबै भन्दा अब्बल र जनताले आश गर्ने एक मात्र नेता भएको दावी समेत गरे । कार्यक्रमा सो पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले आफु लुम्बिनी प्रदेश सरकारको सामाजिक विकास मन्त्री हुँदा रुरुक्षेत्रको वम्घाको खानेपानी समस्याको समधान , बम्घाकोटको पुनरर्निमाण , मोटरबाटोको स्तरोन्नती लगायत त्यहाँको विकासमा आफुले खेलेको भुमिकाको स्मणरण गर्दै आगमी दिनमा पनि रुरुक्षेत्रबासीकै साथमा रहने प्रतिबद्धत्ता जनाएका थिए ।
कार्यक्रममा सो पार्टीका केन्द्रिय सदस्य तथा गुल्मी जिल्ला ईन्चार्ज सिर्जना तरामु , जिल्ला पार्टी संयोजक तेजेन्द्र सलामी, लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य बुद्धि जिसी, अर्का, गुल्मी जिल्ला पार्टी सचिव अशोक थापा , प्रदेश कमिटी सदस्य गिता रिजाल , जिल्ला कमिटी सदस्य तथा रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवाली लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
त्यस अवसरमा क्रान्तिकारी कम्युनिष्ट पार्टीका केन्द्रिय सदिस्य केशव अधिकारी माओवादी केन्द्रमा प्रवेश गरेका छन। । उहाँलाई प्रमुख अतिथी खनाल लगायतका नेताहरुले स्वागत गरेका थिए । अधिवेशनको उदघाटन सत्रमा सो पार्टीका कलकारहरुले नृत्यद्धारा मनोरञ्जन समेत प्रदान गरेका थिए ।
अहिले साँझ उद्घाटन सत्र सकिए पछि पार्टी नेता राजु ज्ञवालीको संयोजकत्वमा निर्वाचन कमिटी बनाई बन्द सत्र चलिरहेको छ । बन्द सत्रले रुरुक्षेत्र गाउ कमिटीको नयाँ नेतृत्व चयन गर्ने पार्टी सचिव अशोक थापाले जानकारी दिए ।
कार्यक्रममा जिल्ला सदस्यहरु कमल श्रेष्ठ , रामचन्द्र कँडेल, वाईसियल जिल्ला अध्यक्ष् अशोक श्रेष्ट , अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष किशन पाण्डे, श्रृगेश्व बहुमुखी क्याम्पसका स्ववियु सभापति बिशाल थापा लगायत विभिन्न जनवर्गिय संगठनका नेताहरुको सहभागिता थियो ।
एमालेको लालकिल्ला ठानिने रुरुक्षेत्र गाउँपालिकामा गत स्थानीय तहको निर्वाचन यता माओवादी केन्द्रको जनलहर पढ्ददो रहेको र आगमी निर्वाचनमा माओवादी केन्द्रले एक्लै चुनाव जित्न सक्ने अबस्था बनेको पुर्व प्रधानमन्त्री प्रचण्डमा जनसम्पर्क विज्ञ बुद्धि जिसीको दावी थियो ।
माओवादी केन्द्र रुरुक्षेत्र गाउँ कमिटीको निर्वतमान अध्यक्ष नारायण पौड्यालको अध्यक्षता रहेको कार्यक्रममा उपाध्यक्ष तथा रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष हरि ज्ञवालीको स्वागत मन्तब्य र सचिव मेघराज गिरीको सञ्चालन रहेको थियो ।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |