Hi-Speed Computer

Awareness Campaign

पत्रकार महासंघ गुल्मीको स्थापना दिवसमा रक्तदान कार्यक्रम



प्रेम सुनार
१ मिनेट अगाडि


Awareness

Place for ads

गुल्मी: आज बैशाख २६ नेपाल पत्रकार महासंघ गुल्मीको स्थापना दिवस आज देखि गुल्मी शाखा २० औँ वसन्त पार गरि २१ औ बसन्त मा प्रवेश गरेको छ । यस अवसरमा नेपाल पत्रकार महासंघ गुल्मीले संचारकर्मी तथा पत्रकारहरुका लागि एक दिवसीय रक्त समुह पहिचान तथा रक्तदान कार्यक्रम सप्पन्न गरेको छ।

कार्यक्रमको नेपाल पत्रकार महा संघका संस्थापक अध्यक्ष हतिकुमार श्रेष्ठ , पुर्व अध्यक्षहरु जनार्दन घिमिरे , टोपलाल अर्याल लगायतका अतिथिहरुले दिप प्रज्वलन र केक काटेर उद्घाटन गर्नु भएको थियो । बिशेष अतिथी श्रेष्ठ र घिमिरेले शुभकामना मन्तव्य राखेका थियो ।

यसै बिच आज संचारकर्मी मोहन बस्नेतको पनि जन्म दिन परेकोले नेपाल पत्रकार महा संघ र लोक तथा दोहोरी गीत प्रतिष्ठानले संयुक्र रुपमा जन्म दिन मनाएको थियो ।

Forest
Forest
Ad.

कार्यक्रममा महासंघका पुर्व सचिब प्रेम सुनार लोक तथा दोहोरि गित प्रतिष्ठानका पुर्व अध्यक्ष खुम खत्री , जनक पन्थ , गुल्मी उधोग बाणिज्य संघका सचिब इश्वरिकडेल लगायतको बिशेष अतिथिथ्यता रहेको थियो । रक्त परिक्षण तथा रक्तदान कार्यक्रमको प्राविधिक सहयोग गुल्मी अस्पतालले गरेको थियो। महासंघले त्यस अस्पतालका ल्याप टेक्निसियन प्रमुख केपि भण्डारीलाई सम्मान गरिएको थियो।

नेपाल पत्रकार महा संघका सहसचिव मनोज कार्कीको सहजीकरण रहेको कार्यक्रमको अध्यक्षता गर्नु भएका अध्यक्ष अनिल खत्रीले शुभकामना दिदै समापन गरेका थिए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →