गुल्मी, वैशाख २६: यस ओझेलका खबर सञ्चालक प्रेम सुनार गुल्मीको एक शैक्षिक संस्थाद्वारा सम्मानित भएका छन। उनी जिल्लाको सदरमुकाम तम्घासमा रहेको महेन्द्र नमुना माध्यमिक विद्यालयबाट सम्मानित भएका हुन।
शुक्रबार त्यस विद्यालयले आयोजना गरेको अभिभावक भेला, विद्यालयको मुख पत्र शैल सन्देशको विमोचन, पुरस्कार तथा अक्षय कोष छात्रवृत्ति वितरण कार्यक्रममा सुनारले पत्रकातिताको माध्यमबाट जिल्लाको शैक्षिक र सामाजिक क्षेत्रमा खेलेको सकारात्मक भुमिकाको कदर गर्दै सम्मान गरिएको त्यस कार्यक्रमका प्रमुख अतिथी रेसुङ्गा नगरपालिकाकी उपमेयर अमृतादेवि कुँवर, सभाध्यक्ष वडा नम्बर १ का वडाध्यक्ष एवं त्यस विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष रामप्रसाद पन्थी र प्रधानध्यापक कृष्णप्रसाद मरासिनीद्वारा हस्ताक्षरित सम्मान पत्रमा उल्लेख छ।
त्यस्तै त्यस विद्यालयबाट पत्रकारहरु जनार्दन घिमिरे, अनिल खत्री, सन्तोष महतरा र मनु सुनार पनि सम्मानित भएका छन। त्यस अवसरमा त्यस विद्यालय माध्यमिक तह ईन्चार्ज रोम विश्वकर्मालाई विद्यालयले पुरस्कार सहित सम्मान गरेको छ। उनि सहित विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गरे बापत शिक्षकहरु भगवता पाण्डे, मिना पन्थी, दिलिपकुमार थापा,श्रृजना भण्डारी, यमकली सुर्यवंशी पनि सम्मानित भएका छन। त्यस्तै संस्थापक प्रधानाध्यापक प्रेमबहादुर थापाको स्मृतिमा स्थापना गरिएको धनप्रेम छात्रावृत्ति पुस्कारबाट शिक्षकद्वय दिपक थापा र बसन्ता केसी सम्मानित भएका छन।
त्यस्तै उत्कृष्ट अभिभावकका रुपमा छिमेकी जिल्ला अर्घाखाँचीको छत्रदेव गाउँपालिका-१ घर भई तम्घासमा बस्ने यमलाल फुल्देल र र गुल्मीको रेसुङ्गा नगरपालिका-९ की तुलसा पाण्डे सम्मानित भएका छन।
कार्यक्रममा बसन्त स्मृति छात्रवृत्ति अक्षयकोषका संस्थापक माधव प्रसाद ज्ञवालीले विभिन्न कक्षा र विधामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरेका थिए। दुर्गाप्रसाद पाण्डे स्मृति छात्रवृत्ति अक्षय कोषका संस्थापक राजेन्द्र प्रसाद पाण्डे, धनरुपा स्मृति छात्रवृत्ति अक्षयकोषका संस्थापक बालसिंह काउछा, भोजेन्द्रविक्रम छात्रवृत्ति अक्षयकोषका संस्थापक मदन थापा, चिन्तामणि निमकला छात्रवृत्ति अक्षयकोषका संस्थापक नन्दराम भुसाल र सुपुत्र तारा भुसाल, बसन्ती खरेल अपाङ्ग छात्रवृत्ति अक्षयकोषका संस्थापक छविलाल खरेल, याचु कुमारी श्रेष्ठ स्मृति छात्रवृत्ति अक्षय कोषका संस्थापक रामप्रसाद श्रेष्ठ र खडकनारायण कृष्णकुमारी श्रेष्ठ स्मृति छात्रवृत्ति अक्षयकोषका संस्थापक नरप्रसाद श्रेष्ठको नामबाट पनि विभिन्न विधामा उत्कृष्ट तथा गरिब जेहन्दार विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो।
विद्यालयले शैक्षिक सत्र २०८१ सालमा सर्वाधिक दिन विद्यालयमा उपस्थित भई विद्यालयको श्रीवृद्धिमा योगदान पुर्याए बापत शिक्षक, कर्मचारीहरु रेनु थापालाई पनि सम्मान गरेको छ। त्यस्तै रेसुङ्गा नगरपालिकाको समग्र शैक्षिक विकासमा उल्लेखनिय योगदान पुर्याए बापत त्यस नगरपालिका शिक्षा शाखा प्रमुख तथा वडा नम्बर ४ का वडाध्यक्ष लिलाधर आचार्य र शिक्षा शाखा प्रमुख पिताम्बर पन्थीलाई पनि समान गरिएको थियो।
उनिहरुलाई कार्यक्रमका प्रमुख अतिथी रेसुङ्गा नगरपालिकाका उपमेयर अमृतादेवि कुँवर, विशेष अतिथी विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष भुवनप्रसाद श्रेष्ठ लगायतका अतिथी, सभाध्यक्ष तथा वडा नम्बर १ का वडाध्यक्ष एवं त्यस विद्यालयका कार्यवाहक अध्यक्ष रामप्रसाद पन्थी र प्रधानाध्यापक कृष्णप्रसाद मरासिनीले सम्मान गरेका थिए।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |