Awareness

जन्मिएको ७ दिनमै टुहुरो बनेका भिम रावलको यस्तो छ प्रेरणादायी जीवनकथा

राजनीतिका खबर व्यक्ति परिचय

Place for ads

काठमाडौं: चितवनमा सम्पन्न नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार भिम रावल अर्का उम्मेदवार केपी शर्मा ओली सँग फराकिलो मतान्तरले पराजित भए। यद्यपि उनीप्रति एक खालको सहानुभुती देखिएको छ।

केपि ओली संग हार्छु भन्ने जान्दा जान्दै पनि अन्तिम सम्म आफ्नो अडानमा टिकेर बसेका रावलले ओलीलाई सर्वसम्मत अध्यक्ष बन्न नदिएको भनेर ओली पक्षले आलोचना गरिरहँदा पनि कतिपयले रावलको कदमले प्रकारान्तरले ओलीलाई नै फाइदा पुगेको विश्लेषण पनि गरेका छन्।

Get Vaccinated

रावलले ओलीले अफर गरेको उपाध्यक्ष पद स्विकार गरेको भए सायद एमालेलेको दशौँ राष्ट्रिय महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्न सक्थ्यो। तर विरोधी र आलोचकहरुले गजबको मसाला पनि पाउँ

ने थिए। मुखले जबज भने पनि प्रतिस्पर्धालाई निषेध गरेको, ओलीको अगाडी सबै दास बनेको लगायतका कुराले समाचार र समाजिक संजालका पाना रंगिन्थ्यो कम्तीमा त्यो हुन पाएन भन्ने कर्नर विश्लेषण पनि भएको छ।

धेरैले भिम रावलले अध्यक्षको उम्मेदवारी घोषणा गर्दा उपाध्यक्ष पदको बार्गेनिङ भन्ने अर्थमा बुझेका थिए तर रावल अन्तिम सम्म आफ्नो अडानमा टसमस भएनन् र चुनाव भएरै छोड्यो। उनले निकै फराकिलो मतान्तरमा चुनाव हारे तर पनि सन्तुष्ट देखिएका छन।

चर्चामा बस्न रुचाउने र फण्डानै गरेर सहि चर्चामा सँधै बसिरहनु पर्ने स्वभावका रावलको निजी जीवनका संघर्ष र सफलता भने हरकोहिका लागि प्रेरणादायी रहेको छ। अत्यन्तै विकट जिल्ला अछाममा जन्मिएर राष्ट्रिय राजनीतिमा उनले पाएको यो उचाइ भने लोभलाग्दो छ।

Awareness by SKF

रावल जन्मिएको ७ दिनमै उनको बुवाको निधन भएको थियो। आफ्नो न्वारन समेत नभई बुवा गुमाएका टुहुरा सन्तान उनले निकै दुःख र कष्ट गरेर यो उचाइ हासिल गरेका हुन्। आमाको माया र हौसलाको पृष्ठभूमिमा उनले ठूलो सफलता पाएका छन्।

अछामबाट हिँडेका सात दिनमा इण्डियाको बाटो हुँदै काठमाडौँ आइपुगेका रावलले निकै संघर्ष गरेर आफ्नो पढाइ पुरा गरेका थिए। पिएचडी सम्मको अध्ययन गरेका उनले आर्थिक अभावकै कारण बिचमा झण्डै पढाइ छोडेका थिए। त्यसमा पनि आमाले सम्झाएर साथ दिएको बताइन्छ।

घरबाट हिँडेको सात दिनमा इण्डियाको बाटो हुँदै काठमाडौँ आएर कोही चिनेजानेको मान्छे समेत नभएको शहरमा अन्यन्तै संघर्ष र दुःख गरेर विद्यार्थी राजनीति गर्दै राष्ट्रिय राजनीतिमा जम्प हानेका रावल गृहमन्त्री, रक्षामन्त्री जस्तो महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन्। -ओटीभी

Leave a Reply

Your email address will not be published. Required fields are marked *