Smoking Causes Cancer

नेपाली कांग्रेसको समानुपातिक सूचीमा गलकोटकी रेनुका काउचा मगर



लालु प्रसाद गैरे
७ महिना अगाडि


Place for ads

बागलुङ । नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फ सांसदहरूको नाम निर्वाचन आयोगमा बुझाउने क्रममा गलकोट नगरपालिकाकी संस्थापक उपमेयर तथा युवा नेतृ रेनुका काउचा मगरको नाम पनि समावेश गरेको छ ।

निर्वाचनमा तीन प्रतिशत थ्रेसहोल्ड पार गरेका ६ वटा राजनीतिक दलले समानुपातिक प्रणालीतर्फका सांसदहरूको नाम निर्वाचन आयोगमा बुझाएका हुन् । दलहरूले यसअघि पेश गरेको बन्दसूची र तोकिएको क्लस्टरअनुसार प्रतिनिधित्वको आधारमा नामावली बुझाएका छन् ।

समानुपातिकतर्फ २० सिट प्राप्त गरेको नेपाली कांग्रेसले महिलातर्फबाट गलकोट नगरपालिका वडा नम्बर ११ निवासी रेनुका काउचा मगरलाई समेत समेट्दै २० जनाको नाम निर्वाचन आयोगमा पेश गरेको हो ।

सिंचाई
Forest
Ad.

रेनुका काउचा मगर यसअघि गलकोट नगरपालिकाको नगर उपप्रमुख (उपमेयर) पदमा निर्वाचित भई काम गरिसक्नुभएको छ । हाल उहाँ नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिका रूपमा पार्टी गतिविधिमा सक्रिय रहनुभएको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो