Smoking Causes Cancer

दल बदल्दा गुल्मीका दुई वडाध्यक्षको गुम्यो पद



ओझेलका खबर संवाददाता
३ हप्ता अगाडि


Place for ads

गुल्मी: नेपाली कांग्रेसले दल त्याग गरेको भन्दै कारबाही गरेपछि गुल्मीका दुई वडाध्यक्षको पद रिक्त भएको छ ।

निर्वाचन आयोगले बिहीबार सूचना जारी गर्दै गुल्मीको मुसिकोट नगरपालिका-२ र धुर्कोट गाउँपालिका-३ का वडाध्यक्ष पद रिक्त भएको जानकारी दिएको हो ।

पद गुमाउनेमा मुसिकोट-२ का वडाध्यक्ष रवीन्द्र केसी तथा धुर्कोट-३ का वडाध्यक्ष पदम विष्ट रहेका छन् ।

सिंचाई
Forest
Ad.

आयोगका अनुसार राजनीतिक दल सम्बन्धी ऐन तथा नियमावलीअनुसार निर्वाचित जनप्रतिनिधिले दल त्याग गरेमा सम्बन्धित दलको केन्द्रीय समितिले निर्णय गरी आयोगलाई जानकारी गराउनुपर्ने व्यवस्था छ ।

सोही व्यवस्थाअनुसार नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले दुवै जनप्रतिनिधि अन्य दलमा प्रवेश गरेको निर्णयसहित आयोगलाई जानकारी गराएको थियो । त्यसपछि आयोगले उनीहरूको पद रिक्त भएको घोषणा गरेको हो ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो