Clean Water Campaign

Awareness Campaign

गुल्मीमा मतदाता नामावली संकलन स्थानीय तहमै पुगेर गरिने



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

अनिल खत्री, गुल्मी: गुल्मी जिल्लामा स्थानीय तहमै पुगेर मतदाता नामावली संकलन कार्य गरिने भएको छ। त्यसका लागि जिल्ला निर्वाचन कार्यालय गुल्मीले जिल्ला स्थित सरोकारवाला संग अन्तरक्रिया गरेको छ।

सोमबार जिल्ला सदरमुकाम तम्घासमा गरिएको अन्तरक्रियामा जिल्लाका स्थानीय तहमै पुगेर मतदाता नामावली संकलन कार्य गर्न लागिएको बारे जानकारी गराइएको थियो।

जिल्लामा २ चरणमा स्थानीय तहमै पुगेर मतदाता नामावली संकलन कार्य गरिने भएको जिल्ला निर्वाचन अधिकारी माया कुँवरले बताइन्। पहिलो चरण जिल्लाका गुल्मीदरवार, सत्यवती, कालिगण्डकी, धुर्कोट, मालिका, मुसिकोट नगरपालिमा मंसिर १७ गतेबाट मंसिर २६ गतेसम्म मतदाता नामावली संकल कार्य गरिने भएको छ।

सिंचाई
Forest
Ad.

दोस्रो चरणमा छत्रकोट, रुरुक्षेत्र, चन्द्रकोट, इस्मा, मदाने गाउँपालिकामा मंसिर २८ गतेबाट पुस ८ गतेसम्म मतदाता नामावली संकल कार्य गरिने जिल्ला निर्वाचन अधिकारी कुँवरले बताइन्। रेसुङ्गा नगरपालिकाको भने जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा पनि मतदाता नामावली संकल कार्य गरिने भएको छ।

स्थनीय तहमा गरिने मतदाता नामावली संकल कार्यमा सबै पक्षले सहयोग गर्न प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले आग्रह गरे। उनले नागरिकता प्राप्त गरेका मतदाता नामावलीमा छुट भएका सबैलाई आफनो स्थानीय तहमा पुगेर दता गराउन आग्रह गरे।

स्थानीय तहमा गरिने मतदाता नामावली संकलन कार्यमा १६ वर्ष पुगेका नागरिता प्राप्त भोटको अधिकार नभएकाहरुको पनि संकलन गरिने भएको छ। जिल्लामा २०७७ पुस ५ गतेसम्म २ लाख ११ हजार ७३२ जना मतदाताहरु रहेका छन्।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया