Awareness

Get Vaccinated

गुल्मेली मोडल रायमाझी भन्छन्, ‘गाउँ त बद्लियो तर मानिसको सोँच बद्लिएन’



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

काठमाडौं: गुल्मीको मुसिकोट नगरपालिका-८ स्थायी घर भई हाल मोडलिङ्गको क्षेत्रमा चर्चाको शिखरमा रहन सफल भएका मोडल ओवी रायमाझी आफ्नो गाँउ वामीको ५ दिने बसाई सकेर भर्खरै मात्र काठमाडौं फर्किएका छन्।

पछिल्लो समय रमरम मरौटी गीतमा अभिनय गरेर चर्चित रहेका उनले वामीमा करिब तीन वटा गीतहरुको भिडियो छायांकन मात्र सम्पन्न गरेका छन्। आफ्नो गाउँलाई देश विदेशमा चिनाउने, यहाँको पर्यटन प्रवर्द्धन गर्ने तथा यस क्षेत्रको सर्वाङ्गिण विकासको निम्ती आफूले कलाकारिताको क्षेत्रमा निकै मिहेनत गरिरहेको उनले बताउँछन्।

सोही क्रममा उनकै विशेष नेतृत्वमा मुसिकोट नगरपालिकालाई नै देशविदेशमा परिचित गराउने उद्देश्यसहित ‘वर माग्न जाँउला मालिका’ बोलको गीत बजारमा ल्याएका थिए। जसमा मुसिकोट नगरपालिका भित्रका ऐतिहासिक पर्यटकीय क्षेत्रहरुलाई प्रसिद्धि दिलाउने गरी भिडियो सुट गरिएको थियो। उक्त गीत भिडियो लाखौँ मानिसहरुले हेरेका छन्।

केही दिनदेखि वामीमा रहेका कलाकार रायमाझीले अहिले मात्रै तीनवटा गीतको भिडियो सुटिङ सम्पन्न गरेको जानकारी दिए।

ती भिडियोहरु मार्फत गाँउ, बजार, बस्ती, खोलानाला, मठ मन्दिर, पूराना वरपीपल, कोट, धार्मिक सामाजिक, ऐतिहासिक स्थलहरु, वन जंगल लगायतका विषयहरुलाई चर्चामा ल्याउन खोजेको उनले बताएका छन्।

तर आफूले मिहेनत गरेर गाँउलाई चिनाउने प्रयास गर्दैगर्दा केही व्यक्तिहरुको सोँच र विचार देख्दा अचम्मित भएको उनले बताए। ‘आफ्नो गाँउ ठाँउ प्राण भन्दा पनि प्यारो लाग्छ, अझ भनौँ साँच्चिकै हाम्रो मुसिकोट नगरपालिका अझै मिलेको धेरै नै रमणीय नै छ’, उनले भने, ‘पछिल्लो समय गाउँ विकास हुँदै गयो, यहाँको अवस्था त फेरियो, तर मानिसहरुको पूराना सोँच अझै फेरिएन।’

उनले अघि भने, ‘तर झट्ट हेर्दा विकास पनि भएको नै हो, धेरै चेन्ज पनि पाएका छौँ, तर अफसोच अलिकति दुख लागेको कुरा, हाम्रो ठाउँका युवाहरु संग जति जोश जाँगर छ उनिहरुको टार्गेट योजना पटक्कै देखिनँ मैले, सबै आउट अफ लाइन पाएँ।’

Awareness by SKF

थोरै समाज परिवर्तन भएपनि मानिसहरुको मानसिकता परिवर्तन भने हुन नसकेको उनको भनाइ छ।

खासगरी उनले आफ्नो सुटिङ्गको क्रममा स्थानीय बासिन्दाले पुर्याएको अवरोध र पुरातनवादी सोँचले पाएको दिक्कदारी तर्फ केन्द्रीत गर्दै उक्त भनाई राखेका हुन्।

‘आफूले गाउँको पहिचान बढाउन गरेको मिहेनतमा गाउँवासीले पनि साथ दिएको भए राम्रो हुने हो, तर त्यो भन्दा फरक व्यवहार पाइयो, यो गलत हो,’ उनले भने।

उनले आफू मात्र नभएर अन्य व्यक्तिहरुले पनि यसप्रकारका प्रोजेक्ट ल्याएर गाउँ आएको खण्डमा यस क्षेत्रका स्थानीय बासिन्दाहरुले भरपूर सहयोग गर्नुपर्ने बताए।

आफूले भिडियो सुट गर्ने क्रममा साथ सहयोग गर्नेहरु प्रति धन्यवाद दिदै विशेष रुपमा होटल दरबारले देखाएको सौहार्दताप्रति आभार व्यक्त गरे।

उनले दर्जनौँ भिडियोमा अभिनय गरेका छन्। आफ्नो स्वरमा पनि गीत बजारमा ल्याएका उनको अभिनय भएका पछिल्ला गीतहरु रमरम मरौटी, रेलको तखत, माया देकै हो, मायालु आजैलाई, सोँचेझै जिन्दगी रैनछ, लगायत रहेका छन्। ज्योतिन्यूज डटकममा यो खबर छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया