Awareness

Get Vaccinated

बुर्तिबाङ जीप दुर्घटनाका घाइते मध्ये चार जनालाई हेलिकप्टर मार्फत पोखरा लगियो



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

टिकाराम भट्टराई, बुर्तिबाङ: बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नम्बर १ बुर्तिबाङ बजारमा पीकअप जीपले किच्दा आज एक बालकको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्।

बुर्तिबाङ बजारको तारिखेत जाने झोलुङे पुल नजिकै ग २ च ५९८० नम्बको पीकअप जीपले किच्दा तमानखोला गाउँपालिका वडा नम्बर २ का कृष्ण विकको ८ वर्षीय छोरा जोन सिर्पालीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक जयराम वन्तले बताए।

दुर्घटनामा ६ जना घाइते भएको मध्ये फाँट बजारमा व्यवसाय गर्दै आएका ४८ वर्षीष लेवेन्द्र कुवँर, ढोरपाटन नगरपालिका वडा नम्बर १ का नरकितव सुनार, ढोरपाटन ५ का विष्णु सापकोटा, सक्रेनी घर्ती, नरमला घर्ती र ढोरपाटन नगरपालिका ७ बस्ने निमसरा घर्तीका ९ वर्षीय छोरा आकाश घर्ती घाईते भएका छन्। सो घटना बिहान १०ः ५५ बजे भएको थियो। पसलमा बसेका स्थानीय एवंम बाटोमा हिँडिरहे यात्रुहरु घाईते बनेका हुन्।

यो पनि: बागलुङको बुर्तिबाङमा पिकअपले किच्दा १ को मृत्यु, ६ जना घाइते

घाइते कुँवरको बाँया खुट्टामा गम्भीर चोट लागेको भने ढोरपाटन १ का नरकिताव सुनारको हात र खुट्टामा गम्भीर चोट लागेको थियो। यस्तै, सक्रेनी घर्तीको छाति एवंम पछाडिको भागमा चोट लागेको थियो भने नरमला घर्तीको दायाँ खुट्टामा गम्भीर चोट लागेको हो।

उनीहरुलाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार पश्चात थप उपचारका लागि हेलिकप्टर मार्फत पोखरा रेफर गरिएको प्रहरी निरीक्षक वन्तले बताए। अन्य २ घाइतेहरुको हात खुट्टा र ढाडमा सामान्य चोट लागेको लागेको छ। घाईतेहरुको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार पश्चात डिस्चार्ज भैसकेको जनाईएको छ।

बुर्तिबाङ फाँटबजार तारीखेत जाने झोलुङेपुल नजिकै पिकअप जीप रोकेर चालक केर बहादुर विक नजिकैको पसलमा गएको समयमा स्थानीय नमबहादुर मल्लले पिकअप चलाउन खाजेपछि दुर्घटना भएको उल्लेख गरिएको छ। चालकले चाँबी गाडीमै राखेको अवस्थामा मल्लले गाडी चलाउन खोज्दा दुर्घटना भएको प्रत्यक्षदर्शीहरुले बताएका छन्।

Awareness by SKF

पीकअप सहित पीकअप चालक र पीकअप चलाएर दुर्घटना गराउने मल्ललाई ईलाका प्रहरी कार्यालय बुर्तिबाङले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

उनीहरुलाई शनिबार बिहान बागलुङ पठाईने प्रहरीले जनाएको छए। बालकको शवलाई प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमाटमको लागि पठाईएको निरीक्षक वन्तले जानकारी दिए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया