Awareness

गुल्मीको वामीटक्सारमा पीकअप जीपको ठक्करबाट एक महिला घाईते

खबर

Place for ads

गुल्मी: पीकअप जीपको ठक्करबाट वामीटक्सार बजारमा पैदलयात्रा गरिरहेकी एक महिला घाईते भएकी छिन्।

मुसिकोट नगरपालिका वडा नं ७ स्थित बसपार्कबाट खर्बाङ तर्फ जाँदै गरेकी महिलालाई विपरीत दिसाबाट आउँदै गरेको लु १ ज २६५५ नंको पीकअप जीपले ठक्कर दिँदा मुसिकोट नगरपालिका वडा नं १ की ५८ वर्षीय फरिण कुमारी घिमिरे घाईते हुनुभएको ट्राफिक प्रहरी सुनिल थापाले जानकारी दिनुभयो।

Get Vaccinated

जीपको ठक्करबाट घाईते घिमिरेलाई वामीटक्सार स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि पाल्पा पठाईएको उहाँले बताउनुभयो। ठक्कर दिने जीप र चालकलाई वामी प्रहरी चौकीको नियन्त्रणमा राखिएको उहाँको भनाई छ। बडिगाड अनलाइनमा यो खबर छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *