Awareness

बागलुङको बडिगाडमा परम्परागत न्वागी मेलाको तयारी व्यापक

कला/संस्कृति खबर

Place for ads

बागलुङ: जिल्लाको बडिगाड गाउँपालिका-५, ग्वालीचौरमा यही मङ्सिर ५ देखि ८ गतेसम्म परम्परागत न्वागी मेला लाग्दैछ। कर्णाली राज्य टुक्रिएर १५ औँ शताब्दीतिर इस्मा राज्य अन्तर्गत परेपछि त्यस क्षेत्रमा न्वागी खाने प्रचलन सुरु भएको कथन छ।

सोही परम्पराको झल्को दिने गरी वर्षेनी त्यहाँ न्वागी मेलाको आयोजना गरिँदै आएको छ। गत वर्ष कोभिड-१९ का कारण रोकिएको मेलालाई यसपालिदेखि निरन्तरता दिइएको पौँदी न्वागी मेला तथा संस्कृति संरक्षण समितिका सचिव विष्णुप्रसाद आचार्यले बताए।

Get Vaccinated

बागलुङ र गुल्मीको सीमामा पर्ने पौँदी क्षेत्रका बासिन्दाले न्वागीलाई पर्वकै रूपमा लिन्छन्। पहिले-पहिले त्यस क्षेत्रकै ठूला मेलाका रूपमा पौँदीको न्वागी मेलालाई लिइन्थ्यो। पछिल्लो समय न्वागी मेलाको स्वरुप फेरिँदै आए पनि स्थानीयवासी अझै पनि मौलिकता जोगाउन लागिपरेका छन्।

धानबाली भित्र्याएपछि मनाइने त्यस पर्वमा चामलमा दही, केरा, सिलाम र चिनी मिसाएर न्वागी बनाई खाने चलन छ। यस वर्ष आउँदो आइतबारलाई न्वागी खानका लागि शुभमूर्हत परेको सचिव आचार्यले बताए। न्वागीको शुभसाइत ज्योतिषले निकाल्ने गर्छन्। सोही दिनदेखि मेला पनि सुरु हुन्छ।

स्थानीयवासीका अनुसार तत्कालीन इस्मा राज्यका राजाले सय मुरी धान फल्ने खेतको गुठी बनाएका थिए। छत्रुगुठीका रूपमा रहेको उक्त खेतमा उब्जाउ भएको धानलाई भित्र्याएपछि पहिलो परिकारस्वरुप न्वागी बनाएर खाने प्रचलनको सुरुआत भएको मानिन्छ।

पछि सबै गाउँलेले धानबाली स्याहारेपछि न्वागी खाने संस्कार बसालेका हुन्। पौँदी क्षेत्रमा अहिले पनि न्वागी खाने परम्परा कायमै छ। आफन्त, इष्टमित्रलाई समेत निम्ता गरेर न्वागी खुवाउने चलन रहेको सचिव आचार्यको भनाइ छ। न्वागी मेलाले त्यस क्षेत्रको कला, संस्कृति, खेल र व्यापारको प्रवद्र्धन तथा उत्थानमा टेवा पुग्ने विश्वास लिइएको छ।

Awareness by SKF

मेलामा कृषि प्रदर्शनीसहित प्रतियोगितात्मक खेलकुद तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ्। सो अवसरमा गाउँपालिका कप खुला पुरुष तथा महिला भलिबल प्रतियोगिता पनि राखिएको छ। पुरुषतर्फ पहिलो हुनेले रु एक लाख पाँच हजार ५५५ र दोस्रो हुनेले रु ६६ हजार ६६६ पुरस्कार पाउने प्रतियोगिताका संयोजक राजन पाइजाले जानकारी दिए।

यस्तै महिला भलिबलमा पहिलोलाई रु ४४ हजार ४४४ र दोस्रोलाई रु ३३ हजार ३३३ पुरस्कारको प्रबन्ध गरिएको छ। मेलामा एकल तथा समूहगत नृत्य प्रतियोगितासहित कलाकारहरुको साङ्गीतिक प्रस्तुति पनि रहने आयोजकले जनाएको छ। ज्योतिन्यूज डटकममा यो खबर छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *