Smoking Causes Cancer

तोलादीमा तीजगीत प्रतियोगिता सम्पन्न: देविस्थान युवा क्लब इस्मा प्रथम



ओझेलका खबर संवाददाता
१ वर्ष अगाडि


Place for ads

सुरज आचार्य, गुल्मी: तोलादी संस्कृति संरक्षण मञ्च मुसिकोट न.पा.-३ तोलादी,गुल्मीद्वारा आयोजित खुल्ला मौलिक तीजगीत प्रतियोगिता सम्पन्न भएको छ।

तोलादी प्राथमिक विधालयको प्रांगणमा शनिबार सम्पन्न भएको कार्यक्रममा ८ वटा समुहले सहभागीता जनाएका थिए । जसमध्ये देविस्थान युवा क्लब इस्मा प्रथम, पृथ्वी माध्यमिक विधालय मुसिकोट मैदान द्वितीय, न्यु स्टार युवा क्लब इस्मा तृतीय र जनजागृती माध्यमिक विधालय चौर सान्त्वना भएका छन।

त्यस्तै,उत्कृष्ट नृत्य पुरस्कार त्रिभुवन माध्यमिक विधालय खर्बाङले जित्न सफल भएको छ भने सहभागी समूहलाई पनि १ हजार ५ सय रुपियाँ प्रदान गरिएको थियो‌।

सिंचाई
Forest
Ad.

हिन्दु नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा संस्कृतिको संरक्षण, प्रवद्र्धन,एवम् नयाँ पुस्तामा समेत यसलाई हस्तान्तरण गर्दै अगाडि बढाउने उद्देश्यले हरेक वर्ष कार्यक्रम गर्दै आएको मञ्चका सल्लाहाकार मधु मल्ल ठकुरीले बताउनुभयो।

मुसिकोट नगरपालिकाका प्रमुख जीवलाल खरेल जीवनको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा गुल्मी जिल्ला समवन्य समिती सदस्य सावित्रा भण्डारी,मुसिकोट ३ का वडाध्यक्ष्य शंकरबहादुर रायमाझी र वडा न ८ का वडाध्यक्ष्य रमेश रसौलीको विशिष्ट आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी नगरप्रमुख खरेलले कार्यक्रममा उपस्थिति हुन पाउँदा खुसी व्यक्त गर्दौ मुसिकोटका महिलाहरुलाई उन्नति र आयआर्जनमा वृद्धि गर्नका लागि नगरपालिकाले विभिन्न लक्षित कार्यक्रमहरु अगाडी सारेको बताउदै सबैमा हरितालिका तीज पर्वको शुभकामना पनि दिनुभयो।

Awareness by SKF

कार्यक्रममा मंचका अध्यक्ष बिष्णुराज भण्डारीले वैदेशिक तोलादी घर भइ हाल रोजगारीका लागि चेक रिपव्लिकमा रहेर पनि कार्यक्रमलाई सफल पार्नको लागि आर्थिक संकलन गरेर सहयोग गर्ने आर्थिक संयोजक ऋषिराम गिरीलाई आभार प्रकट गर्दै कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सम्पुर्ण सहयोगदाता सबैलाई धन्यवाद व्यक्त गर्नुभयो।

तोलादी संस्कृती संरक्षण मञ्चका अध्यक्ष बिष्णुराज भण्डारीको अध्यक्षता रहेको कार्यक्रममा मञ्चका सल्लाहकार मधु मल्ल ठकुरीको स्वागत मन्तव्य र सचिव अर्जुन परियारको सन्चालन रहेको थियो ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो