बागलुङ: खर बोक्ने क्रममा भिरबाट लडेर मृत्यु भएका व्यक्तिका परिवारलाई आर्थिक सहयोग गरिएको छ। भिरबाट लडेर ज्यान गुमाएका बडिगाड गाउँपालिका वडा नं. ५ दाँगका देविराम गुरुङको परिवारलाई थानपति दाँग जापान सम्पर्क समितिले आर्थिक सहयोग गरेको हो।
दाँग स्थायी घर भई हाल वैदेशिक रोेजगारीका लागि जापानमा रहेका नेपालीहरुले सकंलन गरेको नगद रु ३० हजार रुपैयाँ गुरुङको घरमै पुगेर हस्तान्तरण गरिएको हो। दैनिक ज्याला मजदुरी गरी परिवारको जिविकोपार्जन गर्दै आईरहेका स्व. देविरामको मृत्यु पछि उनका सन्तानको बिचल्ली भएको छ।
सहयोग हस्तान्तरण गर्दै थानपति दाँग जापान सम्पर्क समितिका सदस्य चिन्तामणी पौडेलले गाउँकै ईमान्दार र लगनशील देविराम गुरुङको निधनले दुःखित बनाएको भन्दै उहाँको निधन पछि परिवार र छोराछोरी बिचल्लीमा परेकाले थोरै भएपनि राहत रकम हस्तान्तरण गरिएको बताउनुभयो। साथै उहाँले उक्त रकमको सही सदुपयोग गरि छोराछोरीको अध्ययन र लालनपोषणमा खर्च गर्न आग्रह गर्नुभएको थियो।
सहयोग हस्तान्तरण कार्यक्रममा शिक्षक अर्जुन घिमिरे, सामुदायिक रेडियो पुष्पाञ्जलीका स्टशेन म्यानेजर प्रकाश घिमिरे, बडिगाड अनलाइनका समाचार प्रमुख सागर भण्डारी, स्व. गुरुङका परिवार र आफन्तजनको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन युवा समाजसेवी भानुभक्त पौडेलले गर्नुभएको थियो।
स्व. देविराम गुरुङ दाँगमा अर्कैको घरमा भाडामा परिवार सहित बस्दै आएका थिए। दैनिक ज्यालामजदुरी गरेर परिवारको गर्जो टार्दै आएका उनको मृत्यु पछि उनका ७ सन्तान अभिभावक विहिन बनेका छन् भने उनीहरुको लालनपोषण र पढाई खर्चका लागि समेत आर्थिक अभाव भएको छ। उनका ४ छोरी र ३ छोरा र श्रीमती रहेका छन्।
जसमध्ये २ छोरा शारिरिक रुपमा अशक्त रहेका छन्। उनकी जेठी छोरी १९ वर्षीय, माईली १५ वर्षीय, साईली छोरी ६ वर्षीय र कान्छी छोरी १० वर्षकी रहेकी छन्। त्यस्तै जेठा छोरा पुरन गुरुङ २० वर्षका छन्। उनी शारिरिक रुपमा अशक्त छन्। त्यस्तै माईलो छोरा बालक अवस्थामा आधा शरिर आगोले जलेको छ।
उनी ५ वर्षका छन् र कान्छा छोरा ५ वर्षका छन्। गुरुङको मृत्युपछि यतिबेला परिवारमा सकंट छाएको छ। स्थानीयले देश विदेशमा रहेका सम्पूणले सहयोग गरेर उद्धार गर्न आग्रह गरेका छन्। बडिगाड अनलाइनमा यो खबर छ।
र यो पनि: भिरबाट लडेर बडिगाडमा एक जनाको मृत्यु
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |