Awareness

Get Vaccinated

भिरबाट लडेर बडिगाडमा एक जनाको मृत्यु



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

बागलुङ: बडिगाड गाउँपालिकामा घाँस काट्ने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। बडिगाड गाउँपालिका, वडा नम्बर, ५ दाँगका स्थानीय देविराम गुरुङको भिरबाट लडेर ज्यान गएको स्थानीय राजन पाईजाले जानकारी दिए।

४७ वर्षीय गुरुङ घाँस काटेर भारी बोक्ने क्रममा भारी संगै भिरबाट तल खसेको बताइएको छ। उनको घटनास्थलमै ज्यान गएको पाईजाले बताए। घटनास्थलमा प्रहरी पुगी मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि बुर्तिबाङ लैजाने तैयारी भईरहेको बताईएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया