Smoking Causes Cancer

गिरीजा कुँवरका परदेशी शिर्षकका तीन मुक्तकहरु



ओझेलका खबर संवाददाता
५ वर्ष अगाडि


Place for ads

– गिरीजा कुँवर

हिजो परदेश जादैन भन्थेँ, आज जान बाध्य भएँ।
नेपालमा केही गर्छु भन्थेँ, तर म जान बाध्य भए॥
पहिले लाग्थ्यो यहि देशमा केही गर्नु पर्छ भनेर।
गाडी छुट्ने हो कि भन्दै साँझ जान बाध्य भए॥

ज्यान परदेशमा छ तर मन नेपाली छ मेरो।
देख्नेलाई परदेशी शरीर तन नेपाली छ मेरो॥
नेपाली हुँ नेपाललाई माया गर्छु नि हजुर।
देशको माया लाग्छ नि झन नेपाली छ मेरो॥

सिंचाई
Forest
Ad.

चालिस डिग्रीको घाममा काम गर्दैछु परदेशमा।
धनीको अगाडि कमाउन नाम गर्दैछु परदेशमा॥
बल्लतल्ल आफ्नो ज्यान त पाल्न सकेको छु।
घरपरिवारले खानलाई काम गर्दैछु परदेशमा॥

लेखक ओझेलका खबर डटकमका बागलुङ जिल्ला संवाददाता हुन।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया