Hi-Speed Computer

Awareness Campaign

गुल्मीको मुसिकोटकी संगीताको अधुरो जीवन कथा



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

सुनिल न्यौपाने, गुल्मी: दसैंको रमझम सबैको घर आँगनमा चलिरहेको थियो। घरदेखि टाढा रहेका सबैलाई दसैंमा घर पुग्न हतार थियो। हतारकै सिलसिलामा दुर्घटनाका समाचार र सन्देश सबैले सुनिरहदा पनि मन खिन्न पार्दै यात्रा तय भइरहेका थिए।

गाउँघरमा दसैंको रौनक छाएको थियो। कसैको घरमा बर्षौँ पछि दसैं मनाउन विदेशबाट बाबा आएका थिए त कतै बुटवल काठमाडौं लगायतका ठाउँमा रहेका दाइभाई दिदिबहिनीहरु आइरहेका थिए। गाउँघरका चौतारीहरुमा भिडभाड हुँदै थियो।

२८ गतेको कुरा हो। रात छिप्पिदै थियो। धेरैको घरमा नयाँ-नयाँ खानेकुराका परिकार पकाउदै भोलिको टिकाको पुर्वतयारीमा जुटिदै थियो। एक्कासी कसैलाई फोन आयो भने कसैले सामाजिक सञ्जालमा बुटवलबाट गुल्मी आउदै गरेको लु १ ज ४४९० नम्बरको जिप तम्घास नजिक दुर्घटना भन्ने समाचार सुन्न र देखिन थाले। सबैको मन झसङ्ग भयो। सोध्न थालियो हाम्रो गाउँको कोहि आउदै त छैन भन्दै गुनगुनाउन थालियो।

Forest
Forest
Ad.

देख्ने र सुन्नेको मन डराएको थियो। रातिको १२ बज्नै लागेको थियो । यत्तिकैमा जिल्ला प्रहरी कार्यालय गुल्मीले तयार पारेको दुर्घटना रिपोर्ट हेर्दा ३ जनाको मृत्यु, ६ घाइते र मृत्यु हुने मध्यमा संगिता सुनार ठेगाना मुसिकोट भन्ने पनि देखियो।

संगीताका बुवा उपचारको लागि बुटवलमा थिए। संगीता र संगीताकी आमा बिरामी बुवालाई भेटेर घरमा फर्किदै थिए तर भाग्यले भोलिको दसैं मान्न नदिई संगीतलाई यो संसारबाट सदाका लागि अस्ताउन बाध्य बनाइदियो। उता संगीतकी आमा गम्भीर खाइते भई उपचारको लागि हस्पिटलमा थिइन।

मृत्युको खबर नसुन्दै उनको मुखबाट एकोहोरो आवाज आउथ्यो ‘मेरो छोरी, संगीता खै? ल्याइदेउ मलाई देखाइदेउ’ भन्दै कराइरहेकी थिइन्। आमालाई आफ्नो घाउको पीडा भन्दा पनि मुटुको टुक्रा आफ्नी छोरीको यादले पोलिरहेको थियो तर विडम्बना छोरी संगीतले यो रंगिन संसारबाट बिदा भइसकेकी थिइन्।

सम्बन्धित समाचार पढ्नुहोस्: गुल्मीमा अर्को दुर्घटना: गुल्मीमा जिप दुर्घटना, मुसिकोटका ३ जनाको मृत्यु

Awareness by SKF

घरमा टीका थिएन तर चाडपर्वको बेला घर सुनसान होला बालबच्चा निराश होलान् भनी संगीता र संगीताकी आमा घरमा फर्किएका थिए। संगीता सानैदेखि मायालु र सहयोगी स्वभावकी थिइन। उनले कक्षा १० घर नजिकै रहेको जनजागृती माध्यमिक विद्यालयबाट उत्तीर्ण गरेकी हुन्।

आफ्नो पढाईलाई अझै अब्बल बनाउने उद्देशले गुल्मीको तम्घास स्थित सिद्धबाबा माध्यमिक विद्यालयमा पढ्न गएकी थिइन। अहिले संगीताले सोही विद्यालयबाट कक्षा १२ को परीक्षा दिएर बसेकी थिइन। राम्रोसंग पढ्ने र आमाबुबा र दाईहरुको दु:खमा सहयोग पुर्याउने सपना देखेकी उनको आफ्नै जिन्दगी नै अधुरो बन्यो।

उनलाई चिन्ने दुनियाँ साथी आँशुको तलाउमा हुन बाध्य भए भने सामाजिक संजालमा हार्दिक श्रद्धाञ्जली संगीता लेखी उनका मनै लोभ्याउने तस्विरहरु देखिन थालियो। भर्खरै १९ बर्षमा पाइला चालिरहेकी संगीताका ८ दाइहरु छन। एक्ली बहिनी भएर होला सायद दाईहरुको आँखाको तारा थिइन् उनी। आमाको समस्या नजिकबाट बुझ्ने संगीता थिइन।

संगीताले देखेका सपना राखेको लक्ष्य अब कहिले पूरा हुने छैन, अब उनलाई तस्वीर र यादमा मात्र भेटाउन सकिनेछ। बहिनी संगीता, तिमिलाई नजिकबाट नदेखेपनि नभेटेपनि तिम्रो मृत्युको खबरले साँच्चिकै मन रोएको छ। दुर्घटनाको खबरले निद्रा हराएको थियो। उक्त समाचार राती १ बजे नै सार्वजनिक गरेको थिएँ। बहिनी संगीता तिम्रो आत्माले शान्ति पाओस्! हार्दिक श्रद्धाञ्जली!

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया