Smoking Causes Cancer

देउवा पक्षीय कांग्रेसको लुम्बिनी प्रदेश अधिवेशन आज, सभापतिमा पाँच जनाको नाम चर्चामा



ओझेलका खबर
२ मिनेट अगाडि


Place for ads

बुटवल । आज मंसिर ७ गते हुन लागेको अधिवेशनले लुम्बिनी प्रदेशमा देउवा पक्षको नयाँ नेतृत्व चयन गर्नेछ। पार्टीको यो अधिवेशनलाई देउवा पक्षले नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशन प्रक्रियाअन्तर्गतको अधिवेशनका रूपमा अघि बढाएको छ।
अधिवेशनलाई सम्बोधन गर्न नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, डा. शशांक कोइराला, एनपी साउद, विमलेन्द्र निधिलगायतका नेताहरू दाङ आउने कार्यक्रम रहेको छ।
रुपन्देहीबाट पार्टीका केन्द्रीय प्रतिनिधि डा. दामोदर भुसालले ओझेलका खबरलाई दिएको जानकारीअनुसार उद्घाटन सत्रपछि बन्दसत्र सुरु हुनेछ। बन्दसत्रले प्रदेशस्तरीय नयाँ नेतृत्व चयन गर्नेछ।

प्रदेश अधिवेशनका लागि पार्टीले खटाएको केन्द्रीय निर्वाचन टोली पनि भालुवाङ पुगिसकेको छ। नेताहरूले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गर्ने प्रयास गरिरहेका छन्। आजै साँझसम्म नेतृत्व चयन प्रक्रिया पूरा गर्ने तयारी रहेको बताइएको छ।

पार्टी स्रोतका अनुसार प्रदेश सभापतिका आकांक्षीका रूपमा गुल्मीबाट डा. दामोदर भुसाल, दाङबाट निवर्तमान सभापति गेहेन्द्र गिरी, रोल्पाबाट दुर्गाबहादुर खड्का, प्युठानका सरोज थापा ( रोज राणा ) र बाँकेबाट अरुण राठौरको नाम चर्चामा रहेको छ ।

सिंचाई
Forest
Ad.

काङ्ग्रेस भित्र आधिकारिकता र नेतृत्वसम्बन्धी विवाद कायम रहेका बेला हुन लागेको यो अधिवेशनलाई राजनीतिक वृत्तले चासोका साथ हेरिरहेको छ।
…..
पोस्ट मिति : सोमबार, ७ मंसिर २०८३
समय : १० : ५५ बजे
….
ओझेलका खबर — खबर भित्रको खबर
…..
सन्तुलित आलोचना, रचनात्मक सुझाव र मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ। गालीगलौज तथा अमर्यादित टिप्पणी नगरौँ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो