Smoking Causes Cancer

दैलेखमा बन्चरो प्रहारबाट श्रीमतीसहित तीन जनाको मृत्यु, बाँकी एक मात्र सन्तानको अवस्था पनि गम्भीर



ओझेलका खबर
५ घण्टा अगाडि


Place for ads

दैलेख । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–३, पानीखोलामा आफ्नै परिवारमाथि बन्चरो प्रहार गर्ने ३८ वर्षीय अम्बर सलामी मगरको आक्रमणबाट श्रीमतीसहित तीन जनाको मृत्यु भएको छ।

यसअघि बन्चरो प्रहारबाट गम्भीर घाइते भएका १२ वर्षीय छोरा तपेन्द्र र ३ वर्षीया छोरी करिश्मालाई दुल्लुस्थित नगर अस्पतालले मृत घोषणा गरेको थियो।

पछिल्लो अपडेटअनुसार उपचारका क्रममा रहेकी ३५ वर्षीया श्रीमती मनिषा सलामी मगरको पनि आज दिउँसो २ बजेर १० मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक तिलक भण्डारीले जानकारी दिनुभयो ।

सिंचाई
Forest
Ad.

उहाँका अनुसार आक्रमणमा परेका चार जनामध्ये अब ६ वर्षीय छोरा मिलन सलामी मात्रै जीवित छन्। उनको अवस्था पनि गम्भीर रहेको र थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ। प्रहरीको प्रारम्भिक विवरणअनुसार आज बिहान करिब ९ः३५ बजे सामान्य घरायसी विवादका क्रममा अम्बरले दाउरा काट्ने बन्चरोले श्रीमती र तीन सन्तानको टाउकोमा प्रहार गरेका थिए।

घटनालगत्तै प्रहरीले आरोपित अम्बर सलामी मगरलाई नियन्त्रणमा लिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

…….

पोस्ट मिति : २०८३ मङ्सिर ५ गते

Awareness by SKF

……

ओझेलका खबर — खबर भित्रको खबर

…….
सन्तुलित आलोचना, रचनात्मक सुझाव र मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ। गालीगलौज तथा अमर्यादित टिप्पणी नगरौँ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो