Smoking Causes Cancer

सर्लाहीमा अस्पतालमा आगजनी र तोडफोड गर्ने चार जना पक्राउ, दुई जना फरार

ओझेलका खबर
४२ मिनेट अगाडि

Place for ads

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका–५ स्थित नगर अस्पतालमा आगजनी तथा तोडफोड गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। घटनामा संलग्न रहेको भनिएका अन्य दुई जना फरार रहेका छन्।
प्रहरीका अनुसार २०८३ मंसिर ६ गते राति करिब ८ः३० बजे बरहथवा नगरपालिका–५ हातिडण्डा पानिटंकी टोलकी २१ वर्षीया सिमा राम देवी उपचारका क्रममा अस्पतालमा बेहोस भएकी थिइन्। उनी ९ महिनाकी गर्भवती रहेको बताइएको छ।

उपचारका क्रममा महिलाको अवस्था बिग्रिएपछि चिकित्सकको लापरबाहीका कारण यस्तो अवस्था आएको भन्दै उनका आफन्तले अस्पतालको इमरजेन्सी कक्षमा आगजनी तथा तोडफोड गरेका थिए।

घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको र आगो पूर्ण रूपमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
थप उपचारका लागि चन्द्रनिगाहपुर प्रा.ली. अस्पताल लगिएकी सिमा राम देवीलाई चिकित्सकले सोही राति १०ः५३ बजे मृत घोषणा गरेका थिए।

सिंचाई
Forest
Ad.

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाहीको बरहथवा नगरपालिका–५ का ३३ वर्षीय राजेश कुमार महरा र २१ वर्षीय रोहन महरा रहेका छन्। त्यस्तै, रौतहटको गजुरा नगरपालिका–९ सिमराका ४२ वर्षीय भुसेनि महरा र २० वर्षीय राजन राम पनि पक्राउ परेका छन्।

Awareness by SKF

पक्राउ परेका चारै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सर्लाही पठाइएको छ।
यसैगरी अस्पतालमा करारमा कार्यरत धिरज महरा र सुरेश महरा फरार रहेको प्रहरीले जनाएको छ।

उनीहरूको खोजतलास भइरहेको छ। आगजनी तथा तोडफोडबाट अस्पतालको इमरजेन्सी कक्षमा करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको प्रहरीले जनाएको छ।

घटनापछि अस्पतालमा सुरक्षा व्यवस्था मिलाइएको र मंसिर ७ गते बिहान ६ः१५ बजेसम्म अवस्था सामान्य रहेको प्रहरी विवरणमा उल्लेख छ।
घटनाले उठाएका प्रश्न
गर्भवती महिलाको उपचारका क्रममा मृत्यु हुनु आफैँमा गम्भीर र दुःखद घटना हो। त्यसपछि अस्पतालमा आगजनी तथा तोडफोड हुनु स्वास्थ्य सेवा र सार्वजनिक सम्पत्तिको सुरक्षासँग जोडिएको अर्को गम्भीर विषय हो।
…..
पोस्ट मिति : सोमबार, ८ मंसिर २०८३
समय : ०८ : ५०  बजे
…..
.ओझेलका खबर — खबर भित्रको खबर
……

सन्तुलित आलोचना, रचनात्मक सुझाव र मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ। गालीगलौज तथा अमर्यादित टिप्पणी नगरौँ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो