दैलेख । दैलेखमा आफ्नै श्रीमती र तीन सन्तानमाथि बन्चरो प्रहार गर्ने एक व्यक्तिको आक्रमणबाट दुई बालबालिकाको मृत्यु भएको छ भने आमा र एक छोरा गम्भीर घाइते भएका छन्।
जिल्लाको चामुण्डाबिन्द्रासैनी नगरपालिका–३, पानीखोलाका ३८ वर्षीय अम्बर सलामी मगरले मङ्सिर ५ गते बिहान करिब ९ः३५ बजे सामान्य घरायसी विवादका क्रममा आफ्नै श्रीमती ३५ वर्षीया मनिषा सलामी मगर, १२ वर्षीय छोरा तपेन्द्र सलामी, ६ वर्षीय छोरा मिलन सलामी र ३ वर्षीया छोरी करिश्मा सलामीमाथि दाउरा काट्ने बन्चरोले टाउकोमा प्रहार गरेको प्रहरीको प्रारम्भिक विवरणमा उल्लेख छ ।
बन्चरो प्रहारबाट गम्भीर घाइते भएका चारै जनालाई उपचारका लागि एम्बुलेन्समार्फत दुल्लुस्थित नगर अस्पताल लगिएको थियो। नगर अस्पताल दुल्लुमा चिकित्सकले जाँच गर्दा बिहान ११ः१० बजे १२ वर्षीय तपेन्द्र र ३ वर्षीया करिश्मालाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक तिलक भण्डारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार बन्चरो प्रहारबाट गम्भीर घाइते भएका चारै जनालाई उपचारका लागि एम्बुलेन्समार्फत दुल्लुस्थित नगर अस्पताल लगिएको थियो।
नगर अस्पताल दुल्लुमा चिकित्सकले जाँच गर्दा बिहान ११ः१० बजे १२ वर्षीय तपेन्द्र र ३ वर्षीया करिश्मालाई मृत घोषणा गरेको प्रहरीको पछिल्लो विवरणमा उल्लेख छ । घाइते मनिषा र उनका ६ वर्षीय छोरा मिलनलाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको छ ।
घटनालगत्तै प्रहरी चौकी हाँडाकोटबाट प्रहरी टोली खटिएको थियो भने इलाका प्रहरी कार्यालय दुल्लुबाट प्रहरी निरीक्षक सरोज कँडेलको कमान्डमा पाँच जनाको टोली घटनास्थल पुगेको थियो।
श्रीमती र सन्तानमाथि बन्चरो प्रहार गर्ने अम्बर सलामी मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
…..
पोस्ट मिति : २०८३ मङ्सिर ५ गते
समय : दिउँसो १ . ५ बजे
……
ओझेलका खबर — खबर भित्रको खबर
……
सन्तुलित आलोचना, रचनात्मक सुझाव र मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ। गालीगलौज तथा अमर्यादित टिप्पणी नगरौँ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |









