Smoking Causes Cancer

बैतडीमा जिप दुर्घटना : एक महिलाको मृत्यु, चालकसहित ६ जना घाइते



ओझेलका खबर
४ घण्टा अगाडि


Place for ads

बैतडी  ।बैतडीमा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने चालकसहित ६ जना घाइते भएका छन् ।
जिल्लाको मेलौली नगरपालिका–१ स्थित जिरो पोइन्टको सौडानी खोलामा गएराति करिब ८ बजे जिप दुर्घटना भएको हो ।
डडेल्धुराबाट पञ्चेश्वरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ज १६३८ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ३० देखि ३५ मिटर तल खसेको थियो । जिपमा चालकसहित ७ जना सवार थिए ।
दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र मेलौली लगिएको थियो । उपचारकै क्रममा राति ८ः३५ बजे बैतडीको पञ्चेश्वर गाउँपालिका–२ निवासी ३५ वर्षीया सुना मंगोलाको मृत्यु भएको हो ।
दुर्घटनामा सोही ठाउँकी २२ वर्षीया सोमनी मंगोला, ११ वर्षीय अविनास राम लुहार, १६ वर्षीय निरज बस्केल, २४ वर्षीय करन सिंह मंगोला र २२ वर्षीय सुनिल बस्केल घाइते भएका छन् ।

सोमनी, अविनास, निरज र चालक सन्तोषको अवस्था मध्यम रहेको छ भने करन र सुनिलको अवस्था सामान्य रहेको बताइएको छ ।  दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

श्रोत : nepal police

सिंचाई
Forest
Ad.

पोस्ट मिति : २०८३ कात्तिक १९ गते
समय : ०७ : २ बजे
ओझेलका खबर — खबर भित्रको खबर
सन्तुलित आलोचना, रचनात्मक सुझाव र मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ। गालीगलौज तथा अमर्यादित टिप्पणी नगरौँ।

 

 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो