भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सिद्धार्थनगर नगरपालिकाबाट अन्दाजी ९० लाख रुपैयाँ मूल्य बराबरको एउटा मर्सिडिज बेन्ज (Mercedes Benz) कार नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार सिद्धार्थनगर नगरपालिका वडा नं. ८ बसडिलवा स्थित खाली जग्गामा बेवारिसे अवस्थामा कार पार्किङ गरी राखिएको भन्ने गोप्य सूचना प्राप्त भएको थियो। सोही सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले GJ 21CB 6001 नम्बरको Mercedes Benz GLC 200d (4 Matic) कार बरामद गरेको हो।
उक्त कारको अनुमानित मूल्य रु. ९०,००,०००/- (नब्बे लाख रुपैयाँ) रहेको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएको कारलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका निमित्त प्रबक्ता प्रहरी निरीक्षक चन्द्र किशोर शाह द्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
………..
मिति : बुधबार, १८ कात्तिक २०८३, १०.३० बजे
……….
ओझेलका खबर — खबर भित्रको खबर
……….
सन्तुलित आलोचना, रचनात्मक सुझाव र मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ। गालीगलौज तथा अमर्यादित टिप्पणी नगरौँ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |






