Smoking Causes Cancer

बनगाई माविका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग



ओझेलका खबर
८ घण्टा अगाडि


Place for ads

बुटवल । शुद्धोधन गाउँपालिका–२ स्थित श्री बनगाई माध्यमिक विद्यालयका आर्थिक अवस्था कमजोर भएका तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरिएको छ।

नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघ, लुम्बिनी क्षेत्रीय समिति, बुटवलको आयोजनामा विद्यालयमा आयोजित कार्यक्रममा कक्षा १ देखि १० सम्मका करिब ८० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो।

कार्यक्रममा प्रतिविद्यार्थी १०० रुपैयाँ मूल्य पर्ने ७ थानका दरले कापीका साथै पेन र पेन्सिलसमेत प्रदान गरिएको थियो। यस सहयोगले विद्यार्थीहरूको पठनपाठनमा सहयोग पुग्नुका साथै अध्ययनप्रति थप उत्साह जगाउने अपेक्षा गरिएको छ।

सिंचाई
Forest
Ad.

संघको लुम्बिनी क्षेत्रीय समिति, बुटवलका अध्यक्ष विष्णु वाग्लेको अध्यक्षता तथा संघका केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष मेखबहादुर अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। संघका केन्द्रीय सदस्य कमल नेपाल विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

कार्यक्रममा संघका सल्लाहकार श्रवणकुमार जैसवाल, लुम्बिनी प्रदेश शैक्षिक सामग्री उद्योग संघका अध्यक्ष एवं कार्यक्रम संयोजक रूपक अर्याल, सदस्यहरू मोहन भण्डारी, नारायण मरासिनी र रामप्रसाद पाण्डेलगायतको उपस्थिति रहेको थियो।

विद्यालयका प्रधानाध्यापक नगेन्द्र ददुवा, विद्यालय व्यवस्थापन समिति अध्यक्ष राकेश चौधरी, सहायक प्रधानाध्यापक गोविन्द श्रेष्ठ तथा पूर्वप्रधानाध्यापक गोकुलराज घिमिरेलगायतको पनि सहभागिता रहेको थियो।

कार्यक्रममा विद्यालयकी शिक्षिका मीरा ज्ञवालीले स्वागत मन्तव्य राख्नुभएको थियो। संघका तर्फबाट विशेष अतिथि कमल नेपाल र प्रमुख अतिथि मेखबहादुर अधिकारीले मन्तव्य राख्दै आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गर्नु सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण भएको बताउनुभयो।

Awareness by SKF

उहाँहरूले यस्ता कार्यक्रमले विद्यार्थीको पठनपाठनमा सहयोग पुग्नुका साथै शिक्षाप्रति सकारात्मक ऊर्जा र उत्साह थप्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमको अन्त्यमा विद्यालयका प्रधानाध्यापक नगेन्द्र ददुवाले सहयोगी संस्था तथा उपस्थित अतिथिहरूप्रति आभार व्यक्त गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक सन्तोष पोखरेलले गर्नुभएको थियो।

शैक्षिक सामग्री सहयोग कार्यक्रमले विद्यालय र सहयोगी संस्थाबीचको सम्बन्ध थप प्रगाढ बनाउनुका साथै शिक्षा क्षेत्रमा सामाजिक उत्तरदायित्व, सहयोग र सहकार्यको सकारात्मक सन्देश प्रवाह गरेको छ।
…………
पोस्ट मिति : २०८३ कार्तिक १८
समय : बिहान १० बजे
………
ओझेलका खबर — खबर भित्रको खबर
……………
सन्तुलित आलोचना, रचनात्मक सुझाव र मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ। गालीगलौज तथा अमर्यादित टिप्पणी नगरौँ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो