Smoking Causes Cancer

भोटे दाइको हातले फाटेको झोला सिलाएर हिँडेका कार्की आईजीपीबाट बाहिरिएपछि गुल्मी स्तब्ध



ओझेलका खबर
१३ मिनेट अगाडि


Place for ads

नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई सरकारले पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा गर्ने निर्णय गरेसँगै उनको गृहजिल्ला गुल्मीमा चासो र चर्चा बढेको छ। गुल्मीको मालिका गाउँपालिका–७, घमिरमा जन्मिएका कार्की प्रहरी संगठनको सर्वोच्च नेतृत्वसम्म पुग्दा जिल्लावासीका लागि गर्वको पात्र बनेका थिए।

उनको बहिर्गमनले गुल्मीवासीलाई स्तब्ध बनाएको छ।
प्रहरी अधिकृतका रूपमा सेवा प्रवेश गरेदेखि नै कार्कीले अपराध अनुसन्धान र शान्ति सुरक्षा कायम गर्ने क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै आएका थिए। उनका अनुसन्धानका थुप्रै घटना स्मरणयोग्य छन्।

तीमध्ये कपिलवस्तुमा भएको एक महिलाको हत्याकाण्ड उनको अनुसन्धान क्षमताको उदाहरणका रूपमा लिइन्छ।
श्रीमान् र परिवारका सदस्य मिलेर एक महिलाको हत्या गरी शव गाडिएको घटनालाई सामान्य पारिवारिक विषयजस्तै बनाएर गुपचुप राख्ने प्रयास भएको थियो।

सिंचाई
Forest
Ad.

त्यतिबेला कार्की जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको प्रमुख थिए। उनले घटनाको गहिरो अनुसन्धान गर्दै जाँदा जमिनमुनि गाडिएको महिलाको शवसमेत उत्खनन गरी प्रमाण जुटाएका थिए। अन्ततः हत्यामा संलग्नहरूलाई कानुनी दायरामा ल्याउन उनी सफल भए।

पछि लुम्बिनी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्दा पनि उनले अपराध अनुसन्धानदेखि शान्ति सुरक्षा व्यवस्थापनसम्म आफ्नो कार्यक्षमता देखाएका थिए। उच्च प्रहरी अधिकारीको जिम्मेवारीमा रहँदा पनि उनको ध्यान समाजका कमजोर, गरिब र दलित समुदायप्रति रहँदै आएको स्थानीयहरूको भनाइ छ।

कार्कीको जीवनको अर्को पाटो झनै प्रेरणादायी छ। प्रहरी सेवामा प्रवेश गर्न घमिरबाट हिँड्दा स्थानीय भोटे दमाई दाइको हातबाट फाटेको झोला सिलाएर हिँडेको स्मरण उनीसँग जोडिएको छ।

स्थानीय दलित अगुवाहरूका अनुसार कार्की सानैदेखि जातीय विभेदको विपक्षमा थिए। परिवारभित्रै विभेदकारी सामाजिक मान्यताविरुद्ध विद्रोही चेतना राख्ने व्यक्तिका रूपमा उनलाई गाउँलेहरूले सम्झन्छन्।
प्रहरीको सर्वोच्च पद आईजीपी बनेपछि पनि उनले विगतको त्यो सम्बन्ध भुलेनन्। आफूलाई कुनै समय फाटेको झोला सिलाएर सहयोग गर्ने उनै भोटे दाइको आशीर्वाद लिन गाउँ पुगेका कार्कीले विगत सम्झँदै भक्कानिएर आँसु झारेको प्रसङ्ग अहिले पनि स्थानीयहरूका लागि भावनात्मक स्मृति बनेको छ।

Awareness by SKF

पद, प्रतिष्ठा र शक्तिको उच्च स्थानमा पुगेपछि धेरैले आफ्नो विगत र संघर्षका दिन बिर्सने गर्छन्। तर कार्कीले आफूलाई सहयोग गर्ने सामान्य गाउँलेको योगदानलाई समेत सम्मानका साथ सम्झिएको घटनाले उनको मानवीय पक्ष उजागर गर्छ।
उनले स्थानीय शैक्षिक संस्थाहरूमा समेत व्यक्तिगत रूपमा सहयोग र योगदान पुर्‍याउँदै आएका छन्। प्रहरी सेवाको उच्च जिम्मेवारीमा पुगेर पनि आफ्नो जन्मथलो र त्यहाँका सामान्य मानिससँगको सम्बन्धलाई निरन्तरता दिनु गुल्मीवासीका लागि अर्को गर्वको विषय रहँदै आएको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा गर्दै एआईजी मनोज केसीलाई नेपाल प्रहरीको नयाँ महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो।

प्रहरी पोसाक खरिद प्रकरणमा उठेका प्रश्न र सरकार तथा प्रहरी नेतृत्वबीच बढेको विवादको पृष्ठभूमिमा यो निर्णय आएको रातोपाटीले जनाएको छ।
सरकारको यो निर्णयले प्रहरी संगठनको नेतृत्व परिवर्तन मात्र गरेको छैन, गुल्मीको एउटा गाउँबाट संघर्ष गर्दै राष्ट्रिय प्रहरी नेतृत्वसम्म पुगेका कार्कीको कार्यकाललाई पनि चर्चामा ल्याएको छ।
पद र जिम्मेवारी फेरिन सक्छन्, तर मानिसले आफ्नो विगत, संघर्ष र आफूलाई सहयोग गर्ने हातहरू सम्झिरह्यो भने त्यही नै उसको वास्तविक उचाइ हो।
……………
चिन्तक : प्रेम सुनार
……….
पोस्ट मिति : ४ नोभेम्बर २०२६ समय : १३ : ५८
……….
ओझेलका खबर — खबर भित्रको खबर
………
सन्तुलित आलोचना, रचनात्मक सुझाव र मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ। गालीगलौज तथा अमर्यादित टिप्पणी नगरौँ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो