Smoking Causes Cancer

चितवनमा आक्रमणबाट एक जनाको मृत्यु, आक्रमणकारी बाघ डार्ट हानेर नियन्त्रणमा



ओझेलका खबर
५१ मिनेट अगाडि


Place for ads

चितवन । चितवनको भरतपुर महानगरपालिका–२७ स्थित राधाकृष्ण सामुदायिक वनको बेथरी खोलानजिक बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

बाघको आक्रमणमा परी भरतपुर महानगरपालिका–२७ निवासी ४६ वर्षीय भीम महतोको मृत्यु भएको हो ।
हिजो दिउँसो करिब २ बजे चार जना स्थानीयवासी निउरो टिप्न सामुदायिक वन क्षेत्रमा गएका थिए । सोही क्रममा महतोलाई बाघले आक्रमण गरी लगेको थियो ।
घटनाबारे उनीसँगै गएका साथीहरूले सोही दिन साँझ ५:४५ बजे इलाका प्रहरी कार्यालय दिव्यनगर, चितवनमा जानकारी गराएका थिए ।
सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी, चितवन राष्ट्रिय निकुञ्ज, नेपाली सेना, स्थानीयवासी तथा वनका कर्मचारीको समन्वयमा खोजी कार्य सुरु गरिएको थियो । खोजतलासका क्रममा भोलिपल्ट अर्थात् आज कात्तिक १८ गते बिहान १०:५५ बजे चितवन राष्ट्रिय निकुञ्जभित्र महतोको शव फेला परेको हो ।

शव फेला परेको स्थाननजिकै रहेको बाघलाई डार्ट हानेर नियन्त्रणमा लिइएको छ । घटनाबारे थप अनुसन्धान तथा आवश्यक प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
………..
मिति : बुधबार , ४ कात्तिक २०८३
समय : १३: २० बजे
………..
ओझेलका खबर — खबर भित्रको खबर
……….
सन्तुलित आलोचना, रचनात्मक सुझाव र मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ। गालीगलौज तथा अमर्यादित टिप्पणी नगरौँ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो