गुल्मी: नेकपा माओवादी केन्द्र, मालिका गाउँकमिटीकाे अध्यक्षमा मान बहादुर विक(महेन्द्र) निर्वाचित भएका छन्। शनिबार अर्खबाङ्गमा सम्पन्न पार्टीको तेस्राे अधिवेशनले विककाे अध्यक्षतामा ४५ सदस्यीय गाउँकमिटीकाे गठन गरेकाे हाे।
कमिटीको उपाध्यक्षमा ठगेश्वर भट्टराई, बाेम बहादुर विक, भूपालसिंह खत्री, चन्द्र बहादुर महतरा र कृष्ण विक निर्वाचित भएका छन्। त्यसैगरी सचिवमा खड्ग बहादुर विक, सह-सचिवमा तारा विक, राधिका अर्याल, विक्रम पाण्डे, लाल प्रसाद पाैडेल र वविता श्रीस, काेषाध्यक्षमा उमा कार्की र सह-काेषाध्यक्षमा पुतला नेपाली लगायत अन्य सदस्यहरू निर्वाचित भएका छन्।
निर्वाचित पदाधिकारी एवं सदस्यहरूलाई पार्टीका केन्द्रीय सदस्य वीर बहादुर कार्कीले पद तथा गाेपनीयताकाे शपथ ग्रहण गराएका थिए। कार्यक्रममा पार्टीका लुम्बिनी प्रदेश सचिवालय सदस्य भुपाल पाेखरेल, जिल्ला सचिव अशाेक थापा र प्रदेश सदस्य सुर्य बहादुर बुढाले बधाई मन्तव्य राखेकाे प्रेस सेन्टर गुल्मीका अध्यक्ष हुमाकान्त पाेखरेलले जानकारी दिए।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |