Hi-Speed Computer

Awareness Campaign

गलकोट उद्योग वाणिज्य संघको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम



लालु प्रसाद गैरे
२ महिना अगाडि


Awareness

Place for ads

बागलुङ: हिजो भएको गलकोट उद्योग वाणिज्य संघको प्रथम अधिवेशनमा निर्वाचन प्रणालीबाट अध्यक्षमा ढिलिन्द्र गौतम निर्वाचित हुनुभएको छ। मतले पछाडि पार्दै १ सय ४८ मत प्राप्त गरेर निर्वाचित हुनुभएको हो।

उहाँका प्रतिद्वन्दी दिलिप कुमार श्रेष्ठले १ सय ४४ मत प्राप्त गर्नुभएको थियो। अध्यक्षमा निर्वाचित हुनुभएको गौतम नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनबाट अध्यक्ष पदमा उम्मेदवार बन्नुभएको थियो। साथै श्रेष्ठ स्वतन्त्र अध्यक्ष पदका उम्मेदवार बन्नुभएको थियो।

त्यस्तै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनबाट महिला सदस्यमा कौशिला घर्तीले २ सय २८ मत, बालकुमारी श्रीसले १ सय ६० मत, उद्योग सदस्यमा तुलाराम गौतमले १ सय ५६ मत प्राप्त गरेर निर्वाचित हुनुभएको थियो।

Forest
Forest
Ad.

त्यस्तै खुल्ला सदस्यमा गठबन्धनबाट टिकाराम गौतमले १ सय ८० मत, भिम बहादुर केसीले २ सय ९ मत, दल बहादुर घर्तीले १ सय ८३ मत, श्याम सुन्दर भण्डेलले १ सय ७८ मत, भिम बहादुर केसी (बाबुराम) ले १ सय ८२ मत, सन्त बहादुर भण्डारीले १ सय ८१ मत, गोविन्द प्रसाद उपाध्यायले १ सय ८८ मत, नेकपा एमालेका धन बहादुर केसीले १ सय ८५ मत प्राप्त गरेर विजयी बन्नुभएको निर्वाचन अधिकृत देवेन्द्र बहादुर खत्रीले बताउनुभयो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो