Awareness Campaign

नवलपुरमा टिप्पर दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जना घाइते



ओझेलका खबर संवाददाता
१ महिना अगाडि


Place for ads

नवलपुर: नवलपुरको विनयी त्रिवेणी गाउँपालिका-३, हर्वले चोकमा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन! जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज दिउँसो साढे ४ बजेतिर चालकले अनियन्त्रण गुमाई दुर्घटना भएको थियो।

पाल्पाबाट चुनढुङगा लोड गरी नवलपुरको बिनयी त्रिवेणी गा.पा.१ होङसी कम्पनी तर्फ आउदै गरेको ना १ क ९१२९ न.को ट्रिपर चालकले नियन्त्रण गुमाई पल्टन गएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले बताए।

दुर्घटनामा परी टिप्परले च्यापिएर टिप्पर चालकको घटना स्थलमै मृत्यु भएको छ। उनको साथबाट प्रहरीले मकवानपुर

Forest
Forest
Ad.

ठूलै बाग्मती गाउँपालिका-६, फापरवासी निवासी ३२ बर्षीय नरबहादुर वाईबाको नाममा रहेको सवारी चालक अनुमति पत्र फेला पारेकोले आफन्तलाई खबर गरेका जनाएको छ।

त्यसैगरी दुर्घटना परी नवलपुरको बिनयी त्रिवेणी गाउँपालिका ३ निवासी २४ बर्षीय सुनिल सार्की, २३ बर्षीय दिपक सुनार र पर्सा जिल्लाको विरगंज उपमहानगरपालिका-२७ निवासी ३० बर्षीय ताज महमद हावारी घाइते भएका छन्।

घाईतेहरुलाई उपचारको लागि मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा तर्फ ल्याउँदै गरेको प्रहरीले जनाएको छ। प्रहरी घटना स्थलबाट फर्कि नसकेकोले दुर्घटनाको कारण र घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी उपरीक्षक यादव ढकालले बताए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो