Smoking Causes Cancer

हरिबोधिनी एकादशी रेसुङ्गामा आज : हजारौंको सहभागिता , पाल्पा सम्मको सांस्कृतिक रौनक !



ओझेलका खबर
३ घण्टा अगाडि


Place for ads

गुल्मी । हरिबोधिनी एकादशीको अवसरमा गुल्मीको ऐतिहासिक धार्मिकस्थल रेसुङ्गामा यस वर्ष सार्वजनिक अपिल नगर्दै हजारौँ श्रद्धालुको सहभागिता देखिएको छ।

विगतका वर्षमा मेला भर्न आउन सार्वजनिक अपिल गर्नुपर्ने अवस्था रहे पनि यसपालि त्यस्तो अपिल नगर्दै ठूलो संख्यामा मानिसहरू रेसुङ्गा पुगेको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले बताउनुभएको छ।

सिंचाई
Forest
Ad.

भुसालका अनुसार रेसुङ्गामा हरिबोधिनी एकादशीको दिन लाग्ने मेलाको महिमा परापूर्वकालदेखिकै हो। पुस्तौँदेखि चल्दै आएको धार्मिक आस्था र परम्पराका कारण यस दिन रेसुङ्गा आउने श्रद्धालुको आकर्षण बढ्दै गएको उहाँको भनाइ छ।

यस वर्षको मेलामा धार्मिक गतिविधिसँगै सांस्कृतिक रौनकसमेत थपिएको छ। गुल्मीमा देउसी–भैलोका लागि प्रसिद्ध गाउँ ताल्तुङ्गबाट सांस्कृतिक टोली र पाल्पाबाट समेत भैलो टोली रेसुङ्गा आउँदै छन्। धार्मिक मेलामा विभिन्न ठाउँका लोकसंस्कृति र परम्पराको सहभागिताले रेसुङ्गालाई थप जीवन्त बनाउने अपेक्षा गरिएको छ।

ताल्तुङ्गको देउसी–भैलो परम्परा र पाल्पाको भैलो टोलीको सहभागिताले रेसुङ्गाको मेला धार्मिक अनुष्ठानमा मात्र सीमित नरही अन्तरजिल्लास्तरीय सांस्कृतिक भेटघाटको अवसरसमेत बन्ने देखिन्छ। यस्ता सहभागिताले स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण तथा पुस्तान्तरणमा समेत योगदान पुर्‍याउन सक्छन्।

रेसुङ्गा केवल एक दिन मेला लाग्ने धार्मिक स्थल मात्र होइन। यो गुल्मीको ऐतिहासिक पहिचान, प्राकृतिक सम्पदा र आध्यात्मिक आस्थाको महत्त्वपूर्ण केन्द्र हो।

Awareness by SKF

हिन्दू धर्मावलम्बीहरूको महत्त्वपूर्ण पर्व हरिबोधिनी एकादशीलाई ठूली एकादशी वा देवउठनी एकादशी पनि भनिन्छ। धार्मिक मान्यताअनुसार आषाढ शुक्ल एकादशीका दिन क्षीरसागरमा योगनिद्रामा जानुभएका भगवान् विष्णु आजकै दिन जाग्नुहुन्छ।

त्यसैले यस दिनलाई चतुर्मासको समापन र शुभकार्यको पुनः प्रारम्भ हुने अवसरका रूपमा लिइन्छ। रेसुङ्गाको महापोखरीमा स्नान, पूजाआजा र दर्शन गर्नाले पुण्य प्राप्त हुने धार्मिक विश्वास छ। यही विश्वासका कारण गुल्मीका विभिन्न स्थानसँगै पाल्पा, अर्घाखाँची, बागलुङ, स्याङ्जालगायतका जिल्लाबाट समेत श्रद्धालुहरू रेसुङ्गा पुग्ने गर्छन्।

रेसुङ्गाको धार्मिक महिमा, ऐतिहासिक तपोभूमि, प्राकृतिक सौन्दर्य र महापोखरीको आस्थासँगै यहाँ जोडिएको लोकसंस्कृतिले यस क्षेत्रलाई विशिष्ट बनाएको छ। त्यसैले रेसुङ्गाको संरक्षण र प्रवर्द्धन गर्नु धार्मिक आस्था जोगाउनु मात्र नभई इतिहास, प्रकृति र संस्कृतिको साझा सम्पदा जोगाउनु पनि हो।
……
आस्था, इतिहास र संस्कृतिको संगम रेसुङ्गा।
…..
ओझेलका खबर — खबर भित्रको खबर
……
पोस्ट मिति : ४ मंसिर २०८३समय : बिहान ९. ५५  बजे

….

सन्तुलित आलोचना, रचनात्मक सुझाव र मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ। गालीगलौज तथा अमर्यादित टिप्पणी नगरौँ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो