Smoking Causes Cancer

ट्याक्टरको ठक्करबाट प्रहरी जवानको मृत्यु, प्रहरीका अनुसार मृतक पहरा गणमा कार्यरत



ओझेलका खबर
५० मिनेट अगाडि


Place for ads

कावासोती । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को देवचुली नगरपालिका–१५ लोकाहामा ट्याक्टरको ठक्करबाट प्रहरी जवानको मृत्यु भएको छ।

मृत्यु हुनेमा डडेलधुराको अजयमेरु गाउँपालिका–१ निवासी करिब २४ वर्षीय लोकेश भण्डारी रहेका छन्। उनी काठमाडौंस्थित पहरा गणमा कार्यरत प्रहरी जवान रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिल पण्डितले जानकारी दिनुभएको छ।

जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका सुचना अधिकारीले डिएसपी अनिल पण्डितका आज बिहान करिब ७ः१२ बजे नारायणघाटबाट कावासोतीतर्फ जाँदै गरेको बा.प्र. ०२–०७३ प २०७७ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको लु ३ त ३६३३ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो।

सिंचाई
Forest
Ad.

दुर्घटनामा मोटरसाइकल चालक भण्डारी घाइते भएका थिए। उनलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा पठाइएकोमा उपचारकै क्रममा बिहान ७ः४७ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

दुदुर्घटनापछि प्रहरीले ट्याक्टर र त्यसका चालक नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका–१३ निवासी ३२ वर्षीय लोकबहादुर महतोलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
…..…
ओझेलका खबर — खबर भित्रको खबर
…….
पोस्ट मिति : २०८३ मंसिर २२ गते
समय : दिउँसो २”.५ बजे 
……
सन्तुलित आलोचना, रचनात्मक सुझाव र मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ। गालीगलौज तथा अमर्यादित टिप्पणी नगरौँ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो