Salime Malika Krishi Farm

Awareness Campaign

तानसेन वडा नम्बर २ का बासीलाई कौशी खेती तालिम तथा सामाग्री वितरण 



ओझेलका खबर
१ वर्ष अगाडि


Awareness

Place for ads

सन्तोष गहतराज  
तानसेन  ११ पुस  । पाल्पाकाे तानसेन नगरपालिका वडा नम्बरन २ का बासिन्दालाई त्यस नगरपालिकाले कौशी खेती सम्बन्धि एक दिने तालिम दिदै आबश्यक सामाग्री वितरण गरेको छ ।

तालिमकाे शुभारम्भ तानसेन नगर सरकारका प्रमुख सन्तोष लाल श्रेष्ठ गर्नु भएको हाे । एक दिने तालिममा वडा भित्रका महिलाहरूकाे उत्साहजनक उपस्थिति रहेको थियाे ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका  तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोष लाल श्रेष्ठले कौशी खेतीसम्बन्धी एक दिने तालिम तथा सामग्री वितरण कार्यक्रम गरि वडा कार्यालयले प्रशंसानीय कार्य गरेको बताए ।

सिंचाई
Forest
Ad.

नगरपालिकाले कृषिमा नविनता ल्याउन र वडा वासीहरूको जीवनस्तर सुधार गर्न विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको परिस्थितिमा कौशी खेतीलाई प्रवर्द्धन गर्दै आधुनिक कृषि पद्धतिको प्रयोगमार्फत स्वच्छ, हरियाली र आत्मनिर्भर नगर बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

कौशी खेतीले सिमित ठाउँमा पनि तरकारी, फलफूल तथा अन्य खेती गर्न सकिने मात्र होइन, यसले हाम्रो वातावरण सुधार, स्वच्छ हावा प्राप्ति, र परिवारको पोषणस्तरमा सुधार ल्याउने विशेष योगदान दिने उनको भनाई थियो ।

कार्यक्रममा वडा न २ का वडा अध्यक्ष महेश्वर श्रेष्ठले  तालिममा वडा वासीहरूलाई कौशी खेतीसम्बन्धी नवीनतम प्रविधि,प्रक्रिया, र कार्यान्वयनका चरणहरूको ज्ञान प्रदान गरिएकाे बताए ।

तालिमबाट प्राप्त ज्ञानलाई आफ्नो व्यवहारमा लागू गर्दै वडाको समग्र विकासमा योगदान पुर्याउने गरि काम गर्न सहभागीहरूलाई आग्रह गरे । कार्यक्रममा कार्यपालिका सदस्य,वडा सदस्य,स्थानीय, समाजसेवी,बुद्धिजीवीहरूकाे उपस्थिति  रहेको थियाे ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो