१० पुस ०८१ गुल्मी । नेकपा माओवादी केन्द्र गुल्मीको चन्द्रकोट गाउँपालिका – ७ रुपाकोटको अध्यक्षता बुद्धि प्रसाद भण्डारी सर्वसम्मत निर्वाचित भएका छ्न ।
आज बुधबार भएको त्यस वडाको तेस्रो अधिवेशनले भण्डारीलाई सर्वसम्मत निर्वाचित गरेको हो । अधिवेशनले उपाध्यक्षमा तुलसा थापा मगर, सचिबमा , लक्ष्मीपति भण्डारी, सह सचिबमा जयलाल भण्डारी र कोषाध्यक्षमा मुक्तिराम भण्डारीलाई पनि सत्वसम्मत चयन गरेको छ ।
त्यस्तै सदस्यहरुमा क्रमशः शंकर भण्डारी, टेक बहादुर बिक, यम बहादुर ढेंगा, टिकाराम बि क,राजु पौडेल , प्रेम नेपाली,मिनु नेपाली, तिलोचन पौडेल, फुलमति बि क, अमर नेपाली, जंग बहादुर बि क, बिष्णु गौतम घनश्याम भण्डारी, बिष्णु बि.क र सुरज गौतमलाई पनि अधिवेशनले सर्वसम्मत चयन गरेको छ ।
पालिका स्तरीय अधिवेशन प्रतिनिधिहरुमा क्रमशः ओम प्रकास भण्डारी, नेत्र प्रसाद भण्डारी ( राम प्रसाद), निमा थापा , चेत नारायण भण्डारी र अर्जुन भण्डारीलाई अधिवेशनले छनौट गरेको छ ।
त्यस्तै अधिवेशनले जिवलाल भण्डारीको संयोजकत्वमा ३ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । सदस्यहरुमा लिल बहादुर बि.क र हेमलाल पौडेल रहेका छ्न ।
अधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुलाई सपथग्रहण गराउदै कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रिय सदस्य सिर्जना तरामुले विगतमा माओवादी हरायो लाईट बालेर खोज्नु पर्ने भयो भन्नेहरु अब आफैले आफैलाई लाईट बालेर खोज्नु पर्ने बेला आएको संकेत उपनिर्वाचन र प्रेस सेन्टरको निर्वाचनले दिई सकेको भन्दै कार्यकर्ताहरुलाई हौसाएकि थिईन ।
कार्यक्रममा सोही पार्टिका लुम्बिनी प्रदेश कमिटी सचिबालय सदस्य युवराज केसी , चन्द्रकोट पालिका कमिटि उपाध्यक्ष बाबुराम बोहोरा , सचिब गोकर्ण शर्मा, सह सचिब सुर्य कुमार बस्याल लगायतले पनि प्रशिक्षण मन्तव्य दिएका थिए ।
अधिवेशन माओवादी केन्द्र रुपाकोटका नेताद्ध्यय बुद्दि प्रसाद भण्डारीको अध्यक्षता र ओम प्रकाश भण्डारीको संचालनमा सम्पन्न भएको थियो । सो पार्टिकोटको चन्द्रकोट गाउँ कमिटीले पुस ९ मा वडा नम्बर ६ ग्वाघाको वडाधिवेसन सके लगत्तै पुस २१ भित्रमा वडाधिवेशन सक्ने र पुस २७ गते भव्य रुपमा गाउँ अधिवेशन सम्पन्न गर्ने गरि कार्यतालिका सार्वजनिक गरेको छ ।
२०८१/०९/१० गते वडा नम्बर ७ रुपाकोट
२०८१/०९/१२ गते वडा नम्बर ३ हर्राचौर
२०८१/०९/१३ गते वडा नम्बर ८ तुराङ
२०८१/०९/१५ गते वडा नम्बर २ बिशुखर्क
२०८१/०९/१९ गते वडा नम्बर ४ शान्तिपुर
२०८१/०९/२० गते वडा नम्बर १ दिब्रुङ
२०८१/०९/२७ गते गाउँपालिका तेश्रो अधिबेशन
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










