Clean Water Campaign

Awareness Campaign

तानसेनमा मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुरु



शर्मिला चुँदारा
९ महिना अगाडि


Awareness

Place for ads

सन्तोष गहतराज
पाल्पाको तानसेन नगर पालिका स्तरीय दाेश्रो मेयर कप रनिङ्ग शिल्ड ब्याडमिन्टन प्रतियाेगिता २०८१शनिबार देखि शुरु भएको छ ।
तानसेन नगरपालिका खेलकुद विकास समितिकाे आयाेजना,तानसेन नगरपालिका शिक्षा,युवा तथा खेलकुद शाखाकाे संयाेजन तथा जिल्ला ब्याडमिन्टन संघ पाल्पाकाे व्यवस्थापनमा प्रतियाेगिता शनिबारबाट तानसेन नगरपालिका -१ काे कबर्ड हलमा शुरू भएको हाे ।

प्रतियोगिताको शुभारम्भ गर्दै तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोष लाल श्रेष्ठनगर प्रमुख श्रेष्ठले खेलकुदले व्यक्तिको शारीरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्नुका साथै अनुशासन, सहकार्य र प्रतिस्पर्धात्मक भावनाको विकास गर्ने बताए ।

सिंचाई
Forest
Ad.

यस्ता प्रतियोगिताहरूले नगरका युवाहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने मंच उपलब्ध गराउने मात्र नभई, उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट खेलाडीका रूपमा अघि बढ्न प्रोत्साहन गर्ने धारणा राखेका थिए ।

यो प्रतियोगिता नगरपालिकाको खेलकुदप्रतिको प्रतिबद्धताको एउटा उदाहरण हो । आगामी दिनमा पनि यस्ता प्रतियोगिताहरूलाई निरन्तरता दिँदै, खेलाडीहरूलाई आवश्यक सहयोग र सुविधाहरू उपलब्ध नगरपालिका तयार रहेको छ, – मेयर श्रेष्ठले भने ।

कार्यक्रममा तानसेन नगरपालिका वडा न १ का वडा अध्यक्ष सुनिल कुमार बस्याल,वडा न ६ का वड अध्यक्ष सागर मान महर्जन,जिल्ला ब्याडमिन्टन संघ पाल्पाका अध्यक्ष वसन्त लाल बज्राचार्य लगायतकाे उपस्थिति रहेको थियाे ।

कार्यक्रममा तानसेन नगरपालिका खेलकुद विकास समिति संयाेजक हेमन्त राज शाक्यले खेलकुद केवल मनोरञ्जनको साधन मात्र नभई, समाजलाई अनुशासन, एकता र स्वस्थ जीवनशैलीतर्फ प्रेरित गर्ने माध्यम रहेको बताएका थिए ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

शर्मिला चुँदारा को बारेमा

शर्मिला चुँदारा गुल्मीमा सक्रिय पत्रकार हुन्।

शर्मिला चुँदारा द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →