Awareness

शुक्रबारसम्म रेसुङ्गा विमानस्थलको टिकट बुक



प्रेम सुनार
३ दिन अगाडि


Place for ads

गुल्मी: काठमाडौँबाट गुल्मी उडानका लागि रेसुङ्गा विमानस्थलको टिकट आगामी शुक्रवारसम्मका लागि बुक भएको विमानस्थल स्टेसनले जनाएको छ।

त्यस विमानस्थलका स्टेसन म्यानेजर सुमन थापाले खराब मौसमका कारण एक हप्ता देखि अवरुद्ध भएको काठमाडौ-रेसुङ्गा विमानस्थलको उडान मौसममा सुधार आए सङ्गै हप्ताको दुई चोटी सुचारु हुने भएको छ र काठमाडौ-रेसुङ्गा उडानको टिकट आगामी शुक्रबारसम्म बुक भईसकेको बताए।

बुधबार र शुक्रबार बिहान उडान हुने नेपाल वायु सेवा निगमको ट्विनअटर विमान काठमाडौँबाट ६ बजे उडान हुने र यताबाट ७ बजे फिर्ता हुने उनले जानकारी दिए।

उनका अनुसार काठमाडौँ-रेसुङ्गा विमानस्थल सम्मको भाडा ७ हजार ५ सय र रेसुङ्गा-काठमाडौको भाडा ७ हजार ३ सय रहेको छ। देशभरका आन्तरिक विमानस्थल मध्ये यात्रुहरु कमी नहुने सबैभन्दा राम्रो सुचिमा रेसुङ्गा विमानस्थल परेको छ।

त्यस्तै काठमाडौबाट तम्घासका लागि छुट्ने बसको टिकट पनि बुक भईसकेकोले दशैँका यात्रुहरूका लागि बस थप्ने तयारी रहेको जनाईएको छ।

पश्चिमान्चल बस व्यवसायी संघ, तम्घास शाखा प्रमुख महेश काउछाले नियमित दुईवटा कामना र डिलक्स बसका अलावा दशैँका लागि एउटा थपिएको, आवश्यक पर्दा अरु थपिने बताए।

विगतका वर्षका दशैँमा दैनिक ६ वटा सम्म बस काठमाडौबाट तम्घासका लागि छुट्ने गरेको काउछाले जानकारी दिए।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →