Awareness

तानसेनको गौरवको योजना डुम्रे-गुफाचौर-होलाङ्दी सडक शिलान्यास



सुमित्रा कंडेल
१ हप्ता अगाडि


Place for ads

पाल्पा: तानसेन नगरपालिकाको गौरवको योजना डुम्रे–गुफाचौर–होलाङ्दी सडक शिलान्यास गरिएको छ ।

तानसेन–८ डुम्रेदेखि वडा नम्बर १० गुफाचौर हुँदै होलाङ्दी सडकको शिलान्यास तानसेन नगरपालिकाका प्रमुख सन्तोष लाल श्रेष्ठले गर्नु भएको हो ।

तानसेन नगरपालिकाले विश्व बैंकसँग सम्झौता गरी सडक स्तरोन्नति र कालोपत्रे गर्ने गरि सम्झौता गरेको थियो । तानसेन नगरपालिकाको गौरव योजनाका रूपमा रहेको पर्यटकीय सडकले प्रत्यक्ष रुपमा डुम्रे खोला–सुनडाँडा–तेल्घा–गुफाचौर–गाउँडाँडा–सल्लाघारी–होलाङ्दीसम्मका जनतालाई फाइदा पुग्ने छ । विश्व बैंकको आर्थिक सहयोगमा सञ्चालन हुने पर्यटकीय सडक स्तरोन्नतिका लागि तानसेन नगरपालिका र वेदान्सी इन्फ्राइन्सट्रक्चर प्रालि बीच सम्झौता भएको छ ।

सडक निर्माण भएपछि तानसेन वडा न वडा नम्बर ८ ,१० ,११ र ५ का नागरिकहरू प्रत्यक्ष रुपमा लाभान्वित हुने तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो। सडक स्तरोन्नति र कालोपत्रे भएपछि वडाहरूका कृषि उपजहरूको बजारीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयोे । तानसेन नगरपालिकाको अधिकाश भुभाग ग्रामीण परिवेशमा आधारित छन । विशेषगरी ग्रामीण भेगका नागरिकहरू कृषि पेशामा आवद्व छन। सडकको काम सम्पन्न भए पछि ग्रामीण भेगका ४ वटा वडाका नागरिकलाई यात्राको लागि र कृषि उपजको बजारीकरण लागि सहजता हुन भएको छ । पछिल्लो समयमा तानसेन १० को गुफा चौर पर्यटकको रोजाइ समेत बनेको छ । आगामी दिनमा सडक स्तरोन्नति र कालोपत्रे भएपछि थप पर्यटन प्रवर्द्वनमा टेवा पुग्ने श्रेष्ठको भनाइ छ।

कार्यक्रममा तानसेन नगरपालिकाका उपप्रमुख प्रतीक्षा गाहा सिङ्जालीले नगरपालिकाले सडकलाई कृषि मार्गको रूपमा अगाडि बढाउने सोचका साथ बिशेष प्राथमिकता राखेको बताउनुभयो । नगर सरकारले विशेषगरी यस क्षेत्रबाट उत्पादित कृषि उपजको सहज रूपमा बजारीकरण गर्न सडकले सहयोग पुर्याउने अपेक्षाले सडकलाई प्राथमिकता राखेको उहाको भनाइ थियो । नगरपालिकाले सडकलाई पर्यटक मार्गको रूपमा विकास गर्ने हेतुले पनि प्राथमिकता राखेको बताउनुभयो । गुफाचौर आफैमा प्राकृतिक रूपमा निर्माण भएको पर्यटकिय सम्भावना बोकेको क्षेत्र रहेकोले नगरपालिकाले सोहि मार्गलाई पर्यटकीय मार्गको रूपमा विकास गर्न प्राथमिकतामा राखेको बताउनुभयो ।

त्यस्तै यात्रुहरू तानसेन नगरपालिकामा प्रवेश गर्दै गर्दा एकवटा मात्र सडक रहेकोले यो सडक निर्माण सम्पन्न भएपछि वैकल्पिक सडक मार्गको रूपमा पनि प्रयोग गर्न सकिने सम्भावना रहेकोले नगरपालिकाको कार्यपालिका बैठकबाट विशेष प्राथमिकतामा राखेको र बजेटका लागि पहल गरेको बताउनुभयो ।

Awareness by SKF

कार्यक्रममा तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले आयोजना कुल रकम ४५ करोड ७६ लाख ८३ हजार ८४ रूपैयाँ ७७ पैसामा सम्झौता भएको बताउनुभयो। बाटो स्तरोन्नति भएपछि गुफाचौर जाने पर्यटकहरूमा वृद्धि हुने, स्थानीय स्तरमा होटल रेष्टुराहरू सञ्चालन हुने, कृषि उत्पादन तथा पशुपालनमा वृद्धि हुने, स्थानीयहरूको आयआर्जनमा वृद्धि हुँदै समग्रमा तानसेनको पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको उहाको भनाइ छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नागिलाले १३ महिनाभित्र काम सम्पन्न हुने गरि आयोजनाबाट ६ दशमलव ८ किलोमिटर सडकको स्तरोन्नति हुने छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

सुमित्रा कंडेल को बारेमा

सुमित्रा कंडेल ओझेलका खबर डटकमको सह-सम्पादक तथ पाल्पा जिल्ला संवाददाता हुन। कंडेल रेडियो मदनपोखरामा पनि कार्यरत छिन्।

सुमित्रा कंडेल द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →