Place for ads

Awareness

न्यायिक समितिको प्रथम जिल्ला सम्मेलन तानसेनमा सम्पन्न 



सुमित्रा कंडेल
१ हप्ता अगाडि


Place for ads

पाल्पा: न्यायिक समितिको प्रथम  जिल्ला सम्मेलन तानसेन नगरपालिकामा सम्पन्न भएको छ । पाल्पाका दस  स्थानीय तहका उपमेयर, उपाध्यक्षहरुको उपस्थितिमा न्यायिक समितिको जिल्ला  सम्मेलन तानसेन नगरपालिकाको आयोजनामा सम्पन्न भएको हो। उपप्रमुख–उपाध्यक्ष वा संयोजक नभए सदस्यले समेत भाग लिने गरी आयोजना गरिएको  सम्मेलनमा अहिलेसम्म पालिकाले न्यायिक क्षेत्रमा गरेका असल अभ्यासको आदान–प्रदानका लागि प्रभावकारी हुने अपेक्षा गरिएको छ।

सम्मेलनको तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले उद्घाटन गर्नुभएको हो।

Get Vaccinated

कार्यक्रमको उदेश्य माथि प्रकाश पार्दै तानसेन नगरपालिकाका न्यायीक समिति संयोजक प्रतीक्षा गाहा सिङ्जालिले  न्यायिक समितिले देशव्यापी रुपमा नै अधिकार भित्र रहेर काम गरिरहेको बताउदै यसमा एकरुपता ल्याउन  आवश्यक रहेको बताउनुभएको छ। त्यो एकरुपता ल्याउनका लागि पनि  सम्मेलनको आयोजना गरिएको बताउनुभयो। न्यायिक समितिले अहिलेसम्म गरिरहेको काम र त्यसबाट प्राप्त भएको अनुभव , सफलताका कथा , चुनौति , समस्याका अनुभवलाई  सिकाई र भोगाइको आधार प्रदान गर्न एउटा ‘प्लेटर्फम’ बनाउने गरि  यो सम्मेलन गरेको बताउनुभयो।

यो सम्मेलनले स्थानीय तहको दर्तादेखि कार्यान्वयनको तहसम्म पुर्‍याउने, न्याय सम्पादनको कार्य निर्देशन स्पष्ट हुनुपर्ने, कार्यसम्पादनमा एक रुपमा आउने, चुस्तता, न्याय सेवामा निष्पक्क्षता हुने विश्वास  व्यक्त गर्नुभएको छ।

दस वटा स्थानीय तहका उपप्रमुखहरुको उपस्थित रहेको  कार्यक्रमको सहजीकरण गर्दै तहसिलदार राम प्रशाद पोख्रेलले न्यायिक समितिको अवधारणा ,अधिकार क्षेत्र,प्रचलन,विवादको निरुपण गर्ने कार्यबिधीका संबैधानिक  कानुनी व्यवस्था,न्यायिक समितिले अबलम्बन गर्ने कार्यविधि, हालको प्रचलन, स्थानीय विवादको समाधानमा मेलमिलापको प्रक्रिया, निर्णय प्रक्रिया, मेलमिलाप तथा निर्णय कार्यान्वयन आदिका विषयमा  प्रस्तुत  गर्नुभएको थियो।

Awareness by SKF

त्यसैगरी रिनोभेसन नेपालका निर्देशक राम बाबू नेपालले  न्यायिक समितिको कार्यप्रकृया अभिलेखिकरण, अभिलेख व्यवस्थापन  र कार्यान्वयनका विषयमा सहजीकरण गर्नुभएको थियो।

त्यसैगरी न्यायिक समितिबाट भएका मिलापत्र वा निर्णयको प्रभावकारी कार्यान्वयन सुनिस्चित गर्न आवश्यक सस्थागत प्रवन्ध तथा कार्यहरू लगायतका विषयमा अधिवक्ता सुमन न्यौपानेले  सहजीकरण गर्नुभएको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

सुमित्रा कंडेल को बारेमा

सुमित्रा कंडेल ओझेलका खबर डटकमको सह-सम्पादक तथ पाल्पा जिल्ला संवाददाता हुन। कंडेल रेडियो मदनपोखरामा पनि कार्यरत छिन्।

सुमित्रा कंडेल द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →