Awareness Campaign

२०८० लाई फर्केर हेर्दा: गुल्मीमा किशोरी बलात्कार पछि हत्या देखि बहिनी बलात्कारसम्म



प्रेम सुनार
११ महिना अगाडि


Place for ads

गुल्मी, बैशाख ६: गत वर्ष २०८० लाई फर्केर हेर्दा गुल्मी सुन्दै ज्यान जिरिङ्ग हुने घटना घटेका थिए। जस्तै, दाजुद्वारा आफ्नै बहिनी बलात्कार देखि किशोरी बलात्कार पछि हत्या भएको घटनाले जनस्तरमा त्रास फैलिएको थियो। गत बर्ष जिल्लाभर तीन वटा हत्याकाण्ड र चार वटा महिला बलात्कार घटना घटेका थिए। एक जना फरार बाहेक ती सात वटै आपराधिक घटनामा संलग्नलाई गुल्मी प्रहरीले पक्राउ गर्न सफल भएको छ।

२०८० बैशाख १७ गते मुसिकोट नगरपालिका-२ की १४ वर्षिय एक बालिकालाई सदरमुकाम तम्घास स्थित एक होटलमा विवाहको प्रलोभन देखाई सल्यान जिल्लाको शारदा नगरपालिका-१३ का २७ वर्षिय निशास कुँवरले बलात्कार गरेको पीडित बालिकाबाट जाहेरी परेको थियो।

जाहेरी परे लगत्तै कुँवरलाई प्रहरीले कानुनी दायरामा ल्याएको थियो। त्यसको १० दिन पछाडि बैशाख २७ गते इस्मा गाउँपालिकामा श्रीमानले कुटेर श्रीमतीको मृत्यु भएको घटना सार्वजनिक भयो। त्यस पालिका-६, हर्रेडाँडाकी ३९ वर्षिय सुमित्रा कुमाल गम्भिर घाइते अवस्थामा फेला परिन्। उनलाई गुल्मी अस्पताल हुँदै लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि पठाईय। बैशाख ३० गते उनको सोही अस्पतालमा मृत्यु भयो। प्रहरीले अनुसन्धान गर्दै जाँदा उनलाई उनकै श्रीमा ५६ वर्षिय रिखिराम कुमालले कुटेर मृत्यु भएको खुलासा गर्यो र अभियुक्तलाई कानुनी दायरामा ल्यायो।

Forest
Forest
Ad.

त्यसको ६ महिना पछि असोज १४ गते धुर्कोट गाउँपालिका-६ स्थित एक २८ वर्षिय सुस्त मनस्थितिकी महिलालाई बलात्कार गरेको घटना सार्वजनिक भयो। लगत्तै प्रहरीले बलात्कारमा संलग्न सोही वडाका ३० वर्षिय शेर बहादुर थापा भएको खुलासा भयो। तर उनि त्यस घटना लगत्तै फरार रहेका छन्।

अर्को महिना कार्तिक १७ गते फेरी किशोरी बलात्कारपछि हत्या भएको घटना चन्द्रकोटमा सार्वजनिक भयो। बाग्लुङ्गको मरेङ्ग गाउँपालिका-३, नयाँगाउँ पुख्र्यौली घर भई चन्द्रकोट गाउँपलिका-४, श्रीलंका टोलमा डेरा गरी बस्ने एक १४ वर्षिय बालिका कार्तिक १६ गते दिउँसो देखि बेपत्ता भइन्। डेरा नजिकै खेतमा धान उठाउन गएकी उनी श्रीलंका टोलको एक पसलमा खेतलाहरुलाई आमाले सुर्ती किन्न पठाएकी थिइन्।

त्यसपछि फर्किएर नआएकी उनी दोश्रो दिन बिहान हुग्दिखोलामा नग्न अवथामा मृत फेला परिन्। सूचना प्राप्त गरे लगत्तै चन्द्रकोट इलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय गुल्मीको टोली घटना स्थलमा पुगेर अनुसन्धान सुरु गर्यो। उसै दिन प्रहरीले शान्तिपुरमा रहेको मदरसामा छापा मार्यो।

शान्तिपुरमा रहेको मदरसा गुल्सने मदिनामा छापा मार्यो। प्रहरीको अनुसन्धानले सोही मर्दसाका धर्म गुरु (मौलाना) का रुपमा कार्यरत २३ वर्षिय रहिस खाँलाई नियन्त्रणमा लियो।

Awareness by SKF

निजले सोही मदरसाको आफु सुत्ने उत्तरतर्फको कोठामा लगि ति किशोरीलाई जबरजस्ती करणी गरी प्रतिकार गर्ने क्रममा आफुले घाँटी निमोठेर हत्या गरी शव लुकाउन हुग्दी खोलामा लगेर रातको समयमा फालेको स्वीकार गरे। प्रहरीले उनलाई कानुनी दायरामा ल्यायो।

उनको घर बाँके जिल्ला साबिक सोनापुर गाविस ४ हाल बाँके जिल्ला खजुरा गाउँपालिका ७ घर भएको र उनी घटनाको पाँच महिना अघि मात्र त्यस मर्दसामा धर्मगुरु शिक्षककमा रुपमा कार्यरत थिए।

सोही महिनाको ३० गते दिउँसो इस्मा गाउँपालिकामा आफ्नै दाजुले बहिनीको बलात्कार गरेको घटना सार्वजनिक भयो। प्रहरीले नाम गोप्य राखेको २८ वर्षिय दाजुले २० वर्षिय बहिनीलाई घटना सार्वाजानिक गरे ज्यान मार्ने धम्की दिदै बलात्कार गरेको घटना प्रहरीको अनुसन्धानबाट खुल्यो र नीज दाजुदाई माघ १० गते प्रक्राउ गरी कानुनी दायरामा ल्यायो।

अर्को महिना फागुन १५ गते छत्रकोट गाउँपालिका-३, हर्दिनेटा स्थित १३ वर्षिय किशोरीलाई स्थानीय वर्ष ६२ वर्षको प्रकाश विकले ललाईफकाई जबरजस्ती करणी गरेको जाहेरी पर्यो।

प्रहरीले निजलाई फागुन २९ गते प्रक्राउ गरी कानुनी दायरामा ल्याएको थियो। यी घटनाका एक जना फरार बाहेक सबै दोषीहरुलाई प्रक्राउ गरी कानुनी दायरामा ल्याएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजन भुजेलले जानकारी दिए।

उनका अनुसार २०८० भर ८४ जनाले आत्महत्या गरेका छन्। ७८ जनाले झुण्डिएर, ३ जनाले वीष सेवन गरेर, तीन जनाले खोलामा हाम फालेर आत्महत्या गरेको त्यस कार्यालयका मुद्दा फाँटका प्रमुख प्रहरी निरिक्षक किरण सापकोटाले जानकारी दिनुभयो। उहाँका अुनसार २०८० साल भर २२ जनाको ज्यान गयो। भीरबाट लडी खोलामा डुबी, जस्ता ४३ जनाको भवितव्य ज्यान गएको छ।

कुल १४९ जनाको ज्यान गएको छ। २०८० बैशाख १ देखि चैत्र ३० गते सम्म गुल्मीमा तीन वटा सवारी दुर्घटना भएका थिए। ति दुर्घटनामा परी तीन जनाको ज्यान गएको थियो। एक जना घाईते भएका थिए । सवारी दुर्घटना गराउने तीनै जना पक्राउ परेका थिए। एक जनाको सवारी भवितव्य मृत्यु भएको थियो। त्यस अवधिमा जिल्लाभर आगलागीका ११३ वटा घटना घटेका थिए। ति घटनामा ३ जनाको मृत्यु भएको थियो। २१ जना घाईते भएका थिए। गुल्मी प्रहरीको पछिल्लो तीन बर्षको तथ्याङ्क हेर्दा आत्माहत्याको घटना न्युनिकरण भएको देखिन्न तर जघन्य अपराधका घटना र सवारी दुर्घटनमा न्युनिकरण हुँदै आएको पाईएको छ।

२९ वटा पशु चौपाय मरेका थिए भने २८ वटा घाईते भएका थिए। २१ वटा घर र ३३ गोठ जलेर नष्ट भएका थिए। आगालागि घटनाबाट कुल क्षति १ करोड ९८ लाख २४ हजार ५ सय क्षति भएको थियो।

गत बर्ष जिल्ला ९ पटक चट्याङ परेको घटनामा ३ जनाको मृत्यु भयो भने १३ जना घाईते भएका थिए। पशु चौपाय ३ वटा मरेका थिए भने घाईते ३ वटा भएका थिए। घर एक र तीन वटा गोठमा क्षति पुगेको थियो। त्यसबाट कुल क्षति ४ लाख ७५ हजार भएको थियो।

त्यस अवधिमा बाढी डुबानका चारवटा घटनामा दुई जनाको मृत्यु र एक जना घाईते भएका थिए। गत बर्ष ३१ स्थानमा पहिरो गएर एक जनाको मृत्यु ५ जना घाईते भएका थिए। दुई वटा चौपाय घाईते भएका थिए। तीन वटा घरमा क्षति भएको थियो। गत बर्ष १३ पटक अविरल बर्षाका कारण एक जना मानिस घाईते भए। पशु चौपाया एकको मृत्यु, एउटा घाईते भयो। घर ९ वटा र गाृेठ ४ वटामा क्षति भएको थियो। त्यस्तै हावाहुरीका १२ घटनामा ५ वटा घरमा क्षति पुगेको थियो। यी घटनामा कुल क्षति रकम २ करोड ४४ लाख ९९ हजार ५ सय रहेको प्रहरीले जनाएको छ। पछिल्लो तीन बर्षको तुलनामा गत बर्ष अपराधिक घटनमा कमी आएको देखिन्छ र अभियुक्तलाई प्रहरीले छिटै समात्न सकेको पनि प्रहरीद्वारा प्राप्त विवरणले देखाएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →