Place for ads

Awareness

पाल्पाको रेडियो मदनपोखरा २५ वर्ष पूरा, रजत महोत्सव सम्पन्न



सुमित्रा कंडेल
३ हप्ता अगाडि


Place for ads

पाल्पा: सामुदायिक रेडियो मदनपोखराले २५ बर्ष पुरा गरेको अवसरमा हिजो रजत महोत्सव मनाएको छ। कार्यक्रमको उद्घाटन गर्दै संचार तथा सुचना प्रबिधि मन्त्री रेखा शर्माले सुचनाको भरपर्दो माध्यम नै रेडियो भएकोले यसको विकासका लागि केन्द्र सरकारले आगामी बजेटमा समेट्ने बताउनुभयो।

सञ्चारमाध्यमको बढ्दो संख्या र सूचना प्रविधिमा आएको परिवर्तन कारण स्थानीय सञ्चारमाध्यममा चुनौती थपिएको उल्लेख गर्नुुभयो। सूचना प्रवाह गर्ने सञ्चार माध्यमको अभाव नभएको तर समुदायका आवाज र भावना समुदायकै भाषा शैलीमा प्रस्तुत गर्ने दायित्व भने सामुदायिक रेडियो लगायत स्थानीय सञ्चार माध्यमहरुले मात्र निर्वाह गर्नसक्ने उहाँको भनाई थियो।

Get Vaccinated

यसैगरी संघिय सांसद नारायण प्रसाद आचार्यले संविधानले आम सञ्चार क्षेत्रको नियमनको पाटोलाई संघीय सरकारको दायित्व भित्र राखे पनि प्रवर्धनको सवालमा तीनै तहका सरकारको अधिकारसूचिमा राखेको उल्लेख गर्दै प्रदेश र स्थानीय तहहरुले विज्ञापन कानुन बनाएर स्थानीय विज्ञापनको प्रकाशन/प्रसारणमा स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिने नीति ल्याउनुपर्ने बताउनुभयो।

यसैगरि संघिय सांसद ठाकुरप्रसाद गैरेले सामाजिक विभेद र आम नागरीकलाई सहि सुचनाको पहुँचमा पुर्याउन जनताको पक्षमा उभिँदै शिक्षा, स्वास्थ्य, महिला सशक्तीकरण, दलित, जनजाति र अल्पसङ्ख्यकहरूको उन्नयनमा मदन पोखरा रेडियोले महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो।

त्यस्तै प्रदेश सभा सदस्य खेम सारुले सुशासन कायम गर्दै सारेमले ग्रामिण क्षेत्रमा नागरीकलाई उनीहरुको हक अधिकार सुनिश्चित गरी सुचनाको माध्यम मार्फत सुसुचित गर्न महत्वपुर्ण योगदान दिएको स्मरण गर्नुृभयो।

Awareness by SKF

यसैगरि जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले पछिल्लो समय ऐतिहासिक तथा सांस्कृतिक मूल्य मान्यताको संरक्षणमा चुनौतीका बाबजुत सामुदायिक रेडियो मदनपोखराले आफ्नोे विरासत कायम राख्न सहि सुचना दिदै सदैव समुदायको हितमा काम गरेको बताउनुभयो।

तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले सारेमको प्रगतिको कामना गर्दै आगामी दिनमा सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो। पर्यटन र संस्कृतिलाई जोडेर समय अनुसार कार्यक्रम उत्पादन गर्नका लागि स्थानीय सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।

पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले जनताका खास विषय रेडियोले प्रशारण गर्ने गरेको बताउदै नयाँ प्रविधिको विकासलाई आत्मसात गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा रेडियोका कार्यकारी निर्देशक गुणकर अर्याृलले विभीन्न चुनौतीसंग सामना गर्दै रेडियोलाई यो स्थानसम्म पुर्याउन र निरन्तरता दिन सकेको बताउदै २०७९/८० को एक्चालिस लाख छ्यानब्बे हजार पाच सय चार रुपैया बराबरको आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो।

COVID-19

सोहि अवसरमा स्वगिर्य बुबा गोपिनाथ खनालकोे स्मृतिमा उहाका छोरा सुवर्ण खनाल र छोरी तारादेवि खनालले चालिस हजार रुपैयाको गोपिनाथ रमादेवि खनाल स्मृति अक्षयकोष स्थापना गर्नुभएको छ।

सभामा रेडियोका पुर्व संचालक समिति, पुर्व कर्मचारी, संचालक समिति, स्वयमसेवक कर्मचारी, विभिन्न समयमा रेडियोलाइ योगदान दिनुभएका व्यक्तित्व, विभिन्न विधामा स्थापना गरिएका अक्षयकोषको पुरस्कार वितरण गरिएको थियो।

कार्यक्रममा बोली पत्रिका र २०८१ सालको भित्ते पात्रो समेत सार्वजनिक गरिएको थियो। सभा रेडियो संचालक समितिका अध्यक्ष झपेन्द्र बहादुर जिसीको अध्यक्षतामा सम्पन्न भएको हो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

सुमित्रा कंडेल को बारेमा

सुमित्रा कंडेल ओझेलका खबर डटकमको सह-सम्पादक तथ पाल्पा जिल्ला संवाददाता हुन। कंडेल रेडियो मदनपोखरामा पनि कार्यरत छिन्।

सुमित्रा कंडेल द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →