Place for ads

Awareness

गुल्मीमा योग शिक्षाका विद्यार्थी दिक्षित



प्रेम सुनार
१ महिना अगाडि


Place for ads

गुल्मी: गुल्मीको सदरमुकाम तम्घासमा योग शिक्षामा सहभागी बिध्यार्थीहरु आईतवार बिहान दिक्षित भएका छ्न । सह-योग शिक्षा दिक्षान्त समारोहका प्रमुख अतिथी रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले ६२ जना योग बिधार्थिहरुलाई प्रमाणपत्र वितरण गरि दिक्षित गरेका हुन ।
२०८० असोज ६ गते देखि फागुन २२ गते सम्म संचालन भएको योग शिक्षामा जिल्ला सम्वन्ब्य प्रमुख द्रोण बहादुर खत्री पनि सहभागी छ्न ।

पुरुषको संख्या न्यून छ भने महिलाहरूको संख्या बढी छ ।
आत्माहत्याको न्यूनीकरणका लागि गाउँ गाउँमा मनमा सकारात्मक भावना सिर्जना गराउन एक पालिका एक योग प्रशिक्षक खटाउन जिल्ला प्रहरी कार्यालयले १२ जना प्रहरीलाई प्रशिक्षित गराएको छ ।
प्रशिक्षित मध्ये ९ जनालाई भारतको हरिद्धारमा चैत्र २५ देखि तीन सम्म तीन दिन सम्म चल्ने योग शिविरमा पठाउन लाहिएको पतन्जली योग समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले बताए ।

Get Vaccinated

गरौ योग , रहौ निरोग भन्ने मुल नाराका साथ आयोजित कार्यक्रममा मेयर पन्थीले योगको माध्यम द्धारा सकारात्मक भावना सिर्जना गरिने कार्य सर्हानिय भएको भन्दै समितिले माग गरेको भवन बनाउन बजेट नगरपालिकाले उपलब्ध गराउने उद्घोष गरेका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा , जिल्ला प्रहरी प्रमुख एसपी राजन भुजेल , रेसुङ्गा नगरपालिका १ र ४ का वडाध्यक्ष क्रमशः रामप्रसाद पन्थी र लिलाधर आचार , १ का पुर्व वडाध्यक्ष अखिलेश्वर प्रसाद पाण्डे , समितिकि महिला प्रभावि जमुना न्यौपाने , कल्पना भण्डारी लगायतको बिशेष आतिथ्यता थियो ।

योग गुरु बालकृष्ण आचार्यको तस्वीरमा माल्याणपर्ण गरि मेयर पन्थीले कार्यक्रमको उद्घाटन गरेका थिए ।

पतान्जली योग समिति अध्यक्ष सुरेशचन्द्र भुसालको अध्यक्षता रहेको कार्यक्रममा महिला प्रभावि जमुना न्यौपानेको स्वागत मन्तव्य र सचिब चनक कुवरको संचालन रहेको थियो ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →