Awareness

Dhurkot

सामुदायिक वन उपभोक्ता महासंघ संघीय समितीको तेस्रो बैठक दमकडामा, आज सकिदै



सुमित्रा कंडेल
९ महिना अगाडि


Place for ads

पाल्पा: सामुदायिक वन उपभोक्ता महासंघ संघीय समितीको तेस्रो बैठक बुधबार देखि तानसेन–९ दमकडामा शुरू भएको छ । बैठकको उद्घाटन गर्दै बागमति प्रदेशकी सांसद तथा वन महासंघकी पूर्व केन्द्रीय अध्यक्ष भारती पाठकले सामुदायिक वन उपभोक्ता समूहहरू अहिले पनि तेहेरो करको मारमा रहेको बताउनु भएको छ । उहाँले संघीय कानुनका कारण अहिले पनि सामुदायिक वन समूहहरू तेहेरो करको मारमा रहेको आरोप लगाउनु भएको छ ।

Snow
Forest
Mountains

बैठकको प्रमुख अतिथी सांसद पाठकले प्रदेश सरकार आफू कसरी बलियो हुने नाममा वन समूहका अधिकारहरू कटौती गर्दा समेत संघीय सरकार मूकदर्शक भएर बस्नु निकै दुखद बिषय भएको बताउनु भयो ।

उहाँले प्रदेश सरकारले बनाएका कानुनहरू संघीय सरकारले नहेर्दा सामुदायिक वन समूहहरू मारमा परेको आरोप लगाउनुभयो । व्यवस्था परिवर्तन गर्न सामुदायिक वन समूह लागेको स्मरण गर्दै सांसद पाठकले व्यवस्था परिवर्तन पछि वन समूहलाई तेहेरो कर लगाएर मारमा पार्ने काम गरियो । यो कार्य निकै निन्दनीय भएको बताउनुभयो ।

उहाँले सामुदायिक वन समूहहरू पछिल्लो समय संरक्षणकर्ता मात्र भएको बताउँदै वन पैदावार निकासी, उपभोक्ताहरू सामुदायिक वनका उत्पादनहरू उपभोग गर्नबाट समेत बञ्चित गरिएकोमा आपत्ति प्रकट गर्नु भयो।

अहिले बिदेशबाट व्यापक काठहरू स्वदेश भित्र्याउने तर सामुदायिक वनमा भएका काठहरू कुहाएर जाने परिस्थिति सिर्जना भएको दुःख व्यक्त गर्नुभयो । सांसद पाठकले कानुनमा नै सामुदायिक वन समूहहरू स्वायत्त संस्था भएको व्याख्या गरिएको भएपनि ब्यबहारमा त्यस्तो नभएको जिकिर समेत गर्नु भयो ।

वन महासंघ लुम्बिनी प्रदेशकी अध्यक्ष कल्पना भण्डारीको अध्यक्षतामा भएको बैठकलाई सम्बोधन गर्दै वन महासंघका केन्द्रीय अध्यक्ष ठाकुर भण्डारीले सामुदायिक वनलाई काठ र पैसासंग मात्र तुलना गरिएको बताउनु भयो ।

Awareness by SKF

उहाँले सामुदायिक वन काठ र पैसा मात्र नभई संस्कार, परम्परा, संस्कृति, वातावरण र समाजको मुल्यमान्यता रहेको बताउनुभयो । अध्यक्ष भण्डारीले अहिले पछिल्लो समय सामुदायिक वनलाई काठ र पैसा संग मात्र हेर्दा संस्कार, परम्परा, संस्कृति, वातावरण र समाजको मुल्यमान्यता ध्वस्त हुँदै गएको बताउनुभयो । उहाँले सामुदायिक वनको संरक्षण नै सामाजिक संरक्षण भएको बताउँदै वन संरक्षणका सवालमा राज्यका तीनै तहका सरकार गम्भीर हुन आग्रह गर्नुभयो ।

यस्तै बैठकलाई सम्बोधन गर्दै तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले स्थानीय सरकारले सामुदायिक वनमा गरेको लगानी अनुसार आम्दानी नभएको बताउनु भयो । उहाँले वन ऐनमा समेत सामुदायिक वनको आम्दानीमा स्थानीय सरकारले कर लगाउन पाउने अधिकार भएपनि सामान्य वन कार्ययोजना समेत स्वीकृत गराउन सामुदायिक वन समूहहरूले इन्कार गरेको आरोप लगाउनुभयो । अध्यक्ष श्रेष्ठले स्थानीय सरकारको लगानी अनुसार सामुदायिक वन समूहले पनि सरकारलाई कर तिर्नुपर्ने बताउनुभयो।

वन महासंघ पाल्पा जिल्ला समितीका अध्यक्ष कृष्ण श्रेष्ठको स्वागत मन्तव्य तथा स्थानीय वन महासंघकी अध्यक्ष भवानी गौतमको समूहको स्वागत गीतबाट शुरू भएको बैठकको उद्घाटन सत्रलाई माथागढी गाउँपालिका अध्यक्ष यमबहादुर चिंदी, पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्ले, वन महासंघका केन्द्रीय निर्वतमान उपाध्यक्ष भिमप्रकाश खड्का, वन महासंघका केन्द्रीय संस्थापक अध्यक्ष हरिप्रसाद न्यौपाने, वन महासंघ कै पूर्व केन्द्रीय अध्यक्ष भिमप्रसाद श्रेष्ठ, तानसेन ९, का वडाध्यक्ष राजेशकुमार अर्याल र डिभिजन वन कार्यालय पाल्पाका निमित्त प्रमुख संयोग बस्नेत लगायतले वन संरक्षण र सामुदायिक वन समूहका सवालमा आ–आफ्नो धारणा राख्नुका साथै शुभकामना दिनु भएको थियो । कार्यक्रमको सञ्चालन स्थानीय वन महासंघ तानसेन नगर समितीकी सचिव सुनिता शर्माले गर्नु भएको थियो।

बैठकमा वन महासंघका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्यहरू, सात वटै प्रदेशका पदाधिकारी, बैठकस्थल पाल्पा सहित छिमेकी जिल्लाका सामुदायिक वन महासंघका पदाधिकारीहरू गरी एक सय बढीको सहभागिता रहेको छ । बैठकले पाल्पा घोषणा–पत्र समेत जारी गर्ने बताईएको छ । बैठक चैत १ गते बिहिवारसम्म चल्ने महासंघले जनाएको छ । बैठक सञ्चालनका लागि स्थानीय वन महासंघ तानसेन नगर समितीले व्यवस्थापन मिलाएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

सुमित्रा कंडेल को बारेमा

सुमित्रा कंडेल ओझेलका खबर डटकमको सह-सम्पादक तथ पाल्पा जिल्ला संवाददाता हुन। कंडेल रेडियो मदनपोखरामा पनि कार्यरत छिन्।

सुमित्रा कंडेल द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →