Place for ads

Awareness

प्रथम तानसेन महोत्सवमा उत्कृष्ट किसान पुरस्कृत,१६० किलोको बोका पाल्ने कृषक प्रथम



सुमित्रा कंडेल
२ महिना अगाडि


Place for ads

पाल्पा: तानसेन टुँडिखेलमा जारी प्रथम तानसेन महोत्सवमा राखिएको कृषि प्रदर्शनीमा उत्कृष्ट कृषकलाई मंगलबार  पुरस्कार वितरण  गरिएको छ। प्रर्दशनीमा राखिएका उत्कृष्ट पशु तथा बालीका चार  किसान पुरस्कृत भएका हुन्।

पुरस्कृत हुनेमा तानसेन-८ को आशिष कृषि तथा पशुपंक्षी फर्म का संचालक दुर्गा खाण ठकुरीको १६० किलोको बोयर जातको बोकाले प्रथम पुरस्कार पाएको छ। त्यस्तै द्वितिय पुरस्कार तानसेन-८, मदनपोखराका लुकराज भट्टराईको कृषि उपज सुन्तलाले प्राप्त गरेको छ। तृतीय पुरस्कार तानसेन-१० का हुमी राना र कमला तिमिल्सिनाको अदुवाले  पाएको छ।कृषि प्रदर्शनीमा   प्रथम, द्वितिय, तृतीय हुने कृषकले क्रमशः २५०००, १५००० र ५०००, ५‌००० नगद सहित प्रमाणपत्र प्राप्त गरेका छन।

Get Vaccinated

प्रर्दशनीमा राखिएका अन्य कृषि उपजले पनि सानो हाते स्पेयर प्राप्त गर्ने तानसेन नगरपालिका कृषि शाखा प्रमुख सरोज तिमिल्सिनाले जानकारी दिनुभयो।

किसानले उत्पादन गरको कृषि उत्पादनको प्रर्दशनी गरी बजारिकरणमा सघाउ पुर्याउने उद्देश्यले गरिएको कृषि मेलामा खाद्यान्न बाली तर्फ , मकै, गहुँ, जौँ लगायतका उत्पादन राखिएको थियो । त्यस्तै दलहनतर्फ  मुसुरो, चना, लगायतका उत्पादन प्रर्दशनमा राखिएको थियो।

नगदेबालीमा  अदुवा, उखु प्रर्दशन गरिएको थियो । तरकारी  समूहमा काउली, ब्रोकाउली, बन्दा र अन्य बालीमा भने मुला रायोको साग, गाँजर,  राखिएको थियो । सुन्तला जातका फलफूलमा सुन्तला जुनार, निबुवा, कागती , लगायत थिए । अन्य फलफूलमा मेवा, केरा किबी देखाइएको थियो । र आलु तथा कन्दमुलमा आलु, पिडालु,तरुल  राखिएको थियो । प्रर्दशनीमा  सय  वढी किसान सहभागी थिए।

Awareness by SKF

किसानको आवश्यकता पहिचान गरेर सार्वजनिक सेवा प्रदायक संस्थाले सेवा दिन, किसानलाई बजारमुखी र जीवन निर्वाहमुखी उत्पादनका लागि आवश्यक परामर्श र किसानलाइ प्रोत्साहन गर्न कृषि प्रदर्शनी गरिएको कृषि तथा पशु प्रदर्शनी मुल्यांकन संयोजक प्रतीक्षा गाहा सिङ्जालिले बताउनुभयो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

सुमित्रा कंडेल को बारेमा

सुमित्रा कंडेल ओझेलका खबर डटकमको सह-सम्पादक तथ पाल्पा जिल्ला संवाददाता हुन। कंडेल रेडियो मदनपोखरामा पनि कार्यरत छिन्।

सुमित्रा कंडेल द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →