Awareness

Dhurkot

तानसेनले गर्यो अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सरसफाईकर्मी र कार्यालय सहयोगी कर्मचारीलाई सम्मान



सुमित्रा कंडेल
९ महिना अगाडि


Place for ads

पाल्पा: तानसेन नगरपालिकाले ११४ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सरसफाईकर्मी र कार्यालय सहयोगी कर्मचारीहरुलाई सम्मान गरेको छ। लक्षित वर्गको कार्यक्रम अनुसार विपन्न सरसफाईकर्मी र सहयोगी कर्मचारीको सम्मान गर्ने कार्यक्रम तय गरे अनुसार सम्मान गरिएको तानसेन नगरपालिकाका उपप्रमुख प्रतिक्षा गाहा सिंजालीले बताउनुभयो।

Snow
Forest
Mountains

उहाँले सोही कार्यक्रमकै अवसरमा सरसफाइकर्मी र कार्यालय सहयोगी गरि ५१ जनाको स्वास्थ्य परीक्षण, लागु औषध तथा दुव्र्यसन सम्बन्धि प्रशिक्षण समेत दिएको बताउनुभयो ।

स्वास्थ्य सचेतना अभावले सरसफाईकर्मीहरुलाई जटिल रोग लाग्ने गरेको छ। गतवर्ष मात्रै तानसेन नगरपालिकाको कार्यकालमै २ जना कर्मचारीको रोग लागेर निधन भएको गाहाले जानकारी दिनुभयो । रोग लाग्न नदिन तथा सरसफाई र स्वास्थ्य सम्बन्धि चेतनाको साथै उनीहरुको कामको सम्मानको लागि सम्मान तथा प्रशिक्षण नगरपालिकाले गरेको हो।

कार्यक्रममा कार्यालय सहयोगी ३२ जना, सरसफाईकर्मी १९ गरी ५१ जनालाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले समुदाय स्तरमा सरसफाईको काम गरेका र कार्यालयको व्यवस्थापनमा खट्ने तल्लोतहको कर्मचारीको मनोवल वृद्धिको लागि यस्तो खाले कार्यक्रमलाई आगामी दिनमा पनि निरंतरता दिने बताउनुभयो । कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख झविन्द्र बस्यालले स्वास्थ्य सम्बन्धि ,यस्तै जिल्ला प्रहरी कार्यालय पाल्पाबाट लागु औषध दुव्र्यसनी सम्बन्धि र संविधान सभा सदस्य लिला सोमैले महिला अधिकार र कर्तव्य तथा कानूनी व्यवस्थाको विषयमा प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी,पत्रकारहरुको सहभागितामा कार्यक्रम सम्पन्न गरेको हो ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

सुमित्रा कंडेल को बारेमा

सुमित्रा कंडेल ओझेलका खबर डटकमको सह-सम्पादक तथ पाल्पा जिल्ला संवाददाता हुन। कंडेल रेडियो मदनपोखरामा पनि कार्यरत छिन्।

सुमित्रा कंडेल द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →