Awareness

Dhurkot

रेडियो मदनपोखराले २५ औँ वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम सहित रजत जयन्ती मनाउने



सुमित्रा कंडेल
१० महिना अगाडि


Place for ads

पाल्पा: रेडियो मदनपोखराले २५ औ वार्षिकोत्सवको अवसरमा रजत जयन्ती कार्यक्रम गर्ने भ‌‌एको छ। रेडियोले शुक्रबार तानसेनमा पत्रकार सम्मेलन गरेर रजत जयन्ती कार्यक्रम गर्ने जानकारी गराएको हो।

Snow
Forest
Mountains

समाजलाई सकारात्मक सन्देश दिने, लोकतान्त्रिक शासन व्यवस्थालाई बलियो बनाउने, स्थानीय भाषा कला संस्कृतीको प्रचार प्रसार गर्ने गरी सामुदायिक रे‌डियो मदनपोखराले २५ औँ वार्षिकोत्सवको अवसरमा रजत जयन्ती कार्यक्रम गर्ने भएको हो।

रेडियोको रजत जयन्तीको अवशरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा रेडियो संचालक समितीका अध्यक्ष झपेन्द्र बहादुर जिसीले हाल देखी २०८० चैत्र २३ गते सम्म आयोजना गर्ने कार्यक्रमहरुको बारेमा जानकारी गराउनुभएको थियो। रेडियोको रजत जयन्तीको अवसरमा पत्रकार सम्मेलन गरी रेडियोले हाल सम्म खेलेको भुमिका, पछिल्लो अवस्था, रेडियोको भविष्य, रेडियोकर्मीको भविष्य, आर्थिक अवस्थाको बारेमा रेडियोका उपाध्यक्ष एवं कार्यकारी निर्देशक गुणाकर अर्यालले जानकारी दिनुभयो।

रेडियोले पत्रकार सम्मेलनबाट आएका सुझाव, आजिवन सदस्यहरुबाट आएका सुझावका आधारमा कार्यक्रमहरु तय गर्ने जनाएको छ। रजत जयन्तीको अवशरमा लोकतान्त्रिक संस्कार निर्माणका संचारको भुमिका बहस, समाजमा पिछडिएका असहाय, गरिब दुखीलाई निशसक भोजनदान, नेपाली समाजको सभ्यता संस्कृतीको बारेमा बहस, लोकबाजा तथा लोकधुनको रेडियोबाट

रेकर्डिङ्ग, जीवन्त सम्म अभिलेख राख्ने र प्रत्यक्ष प्रशारण मार्फत जनमानसमा सुनाउने, पुनर्मिलन कार्यक्रम, रक्तदाताहरुको नाम लिष्ट तयार पार्ने, स्थानीय पालिकाहरु बिच बहस कार्यक्रम संचालन गर्ने, रेडियोका अहिले सम्मका फोटो तथा भिडियोहरु सार्वजनिक गर्ने, बोली पत्रिका र भित्ते पात्रो सार्वजनिक गर्ने जस्ता कार्यक्रमहरु तयार पारिएको अध्यक्ष जिसीले जानकारी दिनुभयो।

कार्यक्रममा पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले सामुदायिक रेडियो मदनपोखराले गरेका कामहरुको बारेमा चर्चा गर्नु भएको थियो। शनिबार आज रेडियोले रजत जयन्तीका अवसरमा आजिवन सदस्यको भेला कार्यक्रम आयोजना गरेको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

सुमित्रा कंडेल को बारेमा

सुमित्रा कंडेल ओझेलका खबर डटकमको सह-सम्पादक तथ पाल्पा जिल्ला संवाददाता हुन। कंडेल रेडियो मदनपोखरामा पनि कार्यरत छिन्।

सुमित्रा कंडेल द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →