Place for ads

Awareness

पाल्पाको मोहन कन्या माध्यमिक विद्यालयमा खाना महोत्सव



सुमित्रा कंडेल
३ महिना अगाडि


Place for ads

तानसेन: पाल्पाको तानसेन स्थित मोहन कन्या माध्यमिक विद्यालयले एक दिने खाना महोत्सव सम्पन्न गरेको छ। विद्यालयका कक्षा ६ देखि १२ सम्मका विद्यार्थी सहभागी भै विभिन्न १५ प्रकारका परिकारहरू राखिएका थिए।

विद्यार्थीहरूले मःम, पकौडा, फ्रेञ्च फ्राइ, ससेज, चिकन छोइला, भेज छोइला, बटुक, आलु कवाफ, चुकाउनी, पानी पुरी, चटपटे, कफि लगायतका परिकार विद्यालय आँगनमै पकाउँदै बिक्रि गरिरहेका थिए। अभिभावक, शिक्षक तथा विद्यार्थीहरू विभिन्न परिकार खाँदै रमाउँदै गरेको देख्न सकिन्थ्यो । कार्यक्रममा विद्यार्थीहरूले नाँचगान समेत प्रस्तुत गरेका थिए।

Get Vaccinated

कार्यक्रमबाट ४५ हजारभन्दा बढीको बिक्रि भएको शिक्षक टंक भुसालले बताउनुभयो । विद्यार्थीहरूलाई कक्षा शिक्षक रिता अधिकारी, शान्ता सोमै थापालगायत शिक्षकहरूले सहयोग गर्नुभएको थियो । खाना महोत्सवमा सहभागी विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बिधान श्रेष्ठले विद्यार्थीहरूको अग्रसरतामा सञ्चालित यस प्रकारका कार्यक्रमले विद्यार्थीहरूमा श्रम सिपको विकास हुने, सामान खरिद र खाना परिकार बनाउने सिपको विकास हुने र सञ्चार सिप, नेतृत्व सिप जस्ता क्षमता विकास हुने बतानुभयो ।

विद्यार्थीको अध्ययनका साथै यस प्रकारका अतिरिक्त क्रियाकलापमा समेत विद्यालयले ध्यान दिएको प्रधानाध्यापक दिपक ज्ञवालीले बताउनुभयो। तस्वीर: गोपाल बस्याल

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

सुमित्रा कंडेल को बारेमा

सुमित्रा कंडेल ओझेलका खबर डटकमको सह-सम्पादक तथ पाल्पा जिल्ला संवाददाता हुन। कंडेल रेडियो मदनपोखरामा पनि कार्यरत छिन्।

सुमित्रा कंडेल द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →