Hi-Speed Computer

Awareness Campaign

पाल्पा जिल्लामै पहिलो पटक माथागढी-१ मा अनलाइन सिफारिस प्रणालीको सुरुवात



सुमित्रा कंडेल
१ वर्ष अगाडि


Awareness

Place for ads

पाल्पा: माथागढ़ी गाउँपालिका वडा न १ चिदीपानीले अनलाईन सिफारिस प्रणाली सुरुवात गरेको छ।

वडाबाट नाता प्रमाणित योजना सम्झौता, जग्गा नामसारी, नागरिकता सम्बन्धी सबै सिफारिसहरु Annual Income Verification (बार्षिक आयश्रोत प्रमाणिकरण)’ उद्योग, फर्म दर्ता सिफारिस, जन्म, मृत्यु प्रमाणित, आय–व्यय प्रमाणित लगायत अनलाइन सिस्टमद्वारा विभिन्न प्रकृतिका सिफारिसहरु छिटो र छरितो गर्न सकिने हुनाले यस प्रणालीको सुरुवात गरिएको वडा अध्यक्ष राजकुमार पन्थीले बाताउनुभयो।

वडा कार्यालयबाट जारी सिफारिस पत्रको केन्द्रिय विद्युतीय अभिलेखीकरण हुने, सेवाग्राहीले अनलाईन मार्फत निवेदन बुझाउन सकिनेछ । जसले गर्दा सेवाग्राहीको डाटाबेस बिस्तार भई सेवा प्रवाह छिटो छरितो , विश्वसनीय र प्रभाबकारी हुने उहाँको भनाइ छ । यो सेवा प्रयोग गर्न को निम्ति URL https://sifarish.ibis.com.np/login मा क्लिक गर्न सकिने वडा सचिब राजु ज्ञवालीले जानकारी दिनुभयो।

Forest
Forest
Ad.

सुभारम्भका अवसरमा केश बहादुर सिङ्जालीलाई पहिलो सेवाग्राहीको रुपमा सिफारिस गरिएको हो । कार्यक्रममा कर्यपालिका सदस्य तुल्सा न्यौपाने, वडा सदस्य डुकुल बहादुर गाहा इन्जिनियर निवेश किरण अधिकारीको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

सुमित्रा कंडेल को बारेमा

सुमित्रा कंडेल ओझेलका खबर डटकमको सह-सम्पादक तथ पाल्पा जिल्ला संवाददाता हुन। कंडेल रेडियो मदनपोखरामा पनि कार्यरत छिन्।

सुमित्रा कंडेल द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →