Place for ads

Awareness

वसन्त पञ्चमीको अवसरमा सौभाग्य मा. वि.मा सरस्वतीको मूर्ति प्राण प्रतिष्ठा, पूजा र अक्षरारम्भ कार्यक्रम सम्पन्न



सुमित्रा कंडेल
३ महिना अगाडि


Place for ads

पाल्पा: वसन्त पन्चमीको अवसरमा सौभाग्य माध्यमिक विद्यालय माथागडी-१, चिदिपानीमा सरस्वतीको मुर्ति प्राण प्रतिष्ठा, पुजा, अक्षरारम्भ एवम् नवनिर्मित मन्दिर उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथी माथागढी वडा नं १ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राज कुमार पन्थीले आफ्नै ठानेर विद्यालय हाता भित्र मन्दिर निर्माण गर्न सहयोग गर्नुहुने चधौलीवासी र सरस्वतीको मुर्ति सहित स्थापनाको सम्पुर्ण खर्च बेर्हुनु भएका पुर्व विद्यार्थि राम बाबु नेपालको परिवारले गर्नु भएको योगदानको प्रशासा गर्दै धन्यवाद व्यक्त गर्नु भएको थियो।

Get Vaccinated

उहाँले आजको दिन बालबालिका र बिध्यालयको लागि ऐतिहासिक दिन भएको उल्लेख गर्दै अभिभावकको सपना साकार पार्न गुणस्तरिय शिक्षा दिदै दक्ष जनशक्ति निर्माणमा विधालय समुदायको थप दायित्व सिर्जना भएको बताउनुभयो।

मन्दिर माथागढि वडा नं १ बाट विनियोजन भएको ३ लाख रुपैयाको खर्चमा निर्माण भएको हो । सरस्वतिको मुर्ति प्राण प्रतिस्ठा पुजामा विद्यालयका पुर्व प्रधानाध्यापक एव्म विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष होमनाथ शर्मा आचार्य र विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद खनालले भएको थियो ।

१५ जना बालबालिका अक्षरारम्भमा सहभागि भएको र पुजा अर्चनामा अभिभावकहरुको बाक्लै उपस्थिति रहेको विद्यालयका सहायक प्रधानाध्यापक अनुप शर्माले जानकारि दिनुभयो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

सुमित्रा कंडेल को बारेमा

सुमित्रा कंडेल ओझेलका खबर डटकमको सह-सम्पादक तथ पाल्पा जिल्ला संवाददाता हुन। कंडेल रेडियो मदनपोखरामा पनि कार्यरत छिन्।

सुमित्रा कंडेल द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →