Place for ads

Awareness

पाल्पाका किसान व्यावसायिक च्याउ खेती तर्फ आकर्षित



सुमित्रा कंडेल
३ महिना अगाडि


Place for ads

पाल्पा: पाल्पामा व्यावसायिक च्याउ खेतीतर्फ कृषकको आकर्षण बढ्दो छ । च्याउ खेती गर्ने कृषक मेहनत गरेमा आफ्नै ठाउँमा मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बन्नेगरेका छन् ।

तानसेन नगरपालिका–८ मा रहेका घिमिरे पशुपन्क्षी एग्रोफार्मका सञ्चालक अनिल घिमिरे विगत ८ वर्षदेखि च्याउखेतीमा नै रमाइरहनु भएको छ । उहाँको दैनिकी च्याउ विक्री वितरणमा बित्नेगरेको छ ।

Get Vaccinated

हरेक दिन बिहान च्याउ प्याकेजिङमै समय बिताउने घिमीरेले पहिले समयको सदुपयोगका लागि मात्रै घरमै च्याउ खेती सुरु गर्नुभएको थियो । तर अहिले भने व्यावसायिक रूपमै च्याउको खेती गर्नुभएको हो । “केही गर्छु भन्ने इच्छाशक्ति भयो भने न त पैसाले रोक्दो रहेछ, मात्र काम गर्ने जोस, जाँगर चाहिँदो रहेछ” उहाले भन्नुभयो ।

स्थानीयस्तरमै च्याउखेती गरेर स्थानीय उपभोक्तालाई ताजा च्याउ उपभोग गराउने उद्देश्यले नै च्याउ खेती गरेको घिमीरेले बताउनुभयो । ७ वर्षअघि ७ लाख रुपियाँको लगानीमा च्याउखेती सुरु गरेर उहाँले राम्रो आम्दानी गरिरहनु भएको छ । उहाँले कन्ये च्याउ होलसेलमा प्रतिकेजी दुईसय रुपियाँमा बेच्ने गर्नुभएको छ ।

कन्ये च्याउ पाल्पा र रुपन्देहिमा नै खपत हुन ेगरेको छ । उहाँको कृषिफार्ममा च्याउ लगाउन ४५ वटा टनेल छन् । एउटै टनेलबाट उत्पादित च्याउबाट पहिलो लटमै दुई लाख रुपियाँसम्म आम्दानी हुनेगरेको उहाँको भनाइ छ । च्याउ फार्ममा उहाँले ४ जनालाई रोजगारी समेत दिनुभएको छ । उहाको कृषिफार्म अहिले ५० लाखभन्दा माथि पुगेको छ। कृषिफार्म हरेक वर्ष कृषि ज्ञान केन्द्र पाल्पा,संघ,प्रदेश सरकारले अनुदान दिदै आएको छ।

थोरै पुँजी लगानी गरी खेती तथा व्यवसाय गर्न सकिने भएकाले पनि च्याउखेतीमा किसानको आकर्षण बढेको कृषि ज्ञान पाल्पाका प्रमुख सन्ताष चौधरीले बताउनुभयो ।

Awareness by SKF

स्थानीय सरकारले पनि युवालाई आफ्नै जन्मभुमिमा टिकाइराख्न विभिन्न सहयोग गर्दै आएको छ। कृषि गर्ने कृषकलाई ब्यवसायिक बनाउन निरन्तर तानसेन नगरपालिका लागी परेको तानसेन नगरपालिकाका उपप्रमुख प्रतीक्षा गाहा सिङ्जालीले बताउनुभयो। नगरपालिकाले विभिन्न समयमा अनुदान, किसानका लागि सहुलियत र अन्य कार्यक्रम सञ्चालन पाल्पाकागरेर अगाडि बढेको बताउनुभयो ।

अहिले तानसेनका मदनपोखरा,जरेपिपल,भालेबास,प्रवास,चुच्चेबारी लगायतका स्थानमा व्यावसायिक च्याउ खेती हुदै आएको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

सुमित्रा कंडेल को बारेमा

सुमित्रा कंडेल ओझेलका खबर डटकमको सह-सम्पादक तथ पाल्पा जिल्ला संवाददाता हुन। कंडेल रेडियो मदनपोखरामा पनि कार्यरत छिन्।

सुमित्रा कंडेल द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →