Clean Water Campaign

Awareness Campaign

मुटु रोगी सचिन पुनको उपचारार्थ जापानबाट दिपक कुँवर मगरको पहलमा करिब २ लाख सहयोग संकलन



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीको मुसिकोट नगरपालिका-४, गजुङ्गा निवासी बल बहादुर पुन र सावित्रा पुनका २१ वर्षिय छोरा सचिन पुन मुटु सम्बन्धी रोगले थलिएर पहिले गौतमबुद्ध सामुदायिक मुटु अस्पताल र हाल सहिद गंगालाल हृदयरोग केन्द्रमा उपचाररत छन्।

चिकित्सकको रिपोर्ट अनुसार उनको मुटुको अपरेसन गर्नुपर्नेछ तर कमजोर आर्थिक अवस्थाका कारण उपचार रोकिने अवस्था निम्तिएकोले दिपक कुँवर मगरको पहलमा सहयोग संकलन अभियान सञ्चालन गरेर आर्थिक सहयोगको आग्रह गरिएको थियोे। अभियन्ता कुँवर मगरले भन्नुभयो, ‘हाम्रो आग्रहलाई स्वीकार गर्दै यस अभियानमा हातेमालो गर्ने सम्पूर्ण सहयोगदाताहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।’

साथै यो जानकारी गराउन चाहन्छौँ कि ‘सचिन पुन बचाऔँ अभियान’ मार्फत संकलित जापानिज येन २,०२,६०१/ अर्थात नेपाली रकम ने.रु. १,७९,३२२/- मुसिकोट नगरपालिका-४ का वडाध्यक्ष श्री जुक्त बहादुर छन्त्याल ज्यूको बैंक खातामा पठाइसकिएको सचिन पुन बचाऔँ अभियानका अर्का सञ्चालक रामजी कुँवर मगरले हामिलाई जानकारी दिनु भएको छ।

सिंचाई
Forest
Ad.

उक्त सहयोग रकम पर्सी (शनिबार) बिरामी सचिन पुनकी आमा सावित्रा पुनलाई हस्तान्तरण गर्ने कार्यक्रम तय गरिएको छ। अभियन्ता दिपक कुँवर मगरले भन्नुभयो, ‘उक्त सहयोग रकमको पूर्ण सदुपयोग हुने वा उपचारमा खर्च गरिने विश्वास लिएका छौँ। सचिन पुनको पूर्ण स्वास्थ्य लाभको कामना पनि गर्दछौँ।’

सहयोगदाताहरुको नामावली र रकमको विवरण यसप्रकार रहेकाे छ:

क्रम सं. नाम ठेगाना रकम (ने. रु.)
मोहन खत्री गल्कोट, बागलुङ ३०,०००
दिपक कुँवर मगर मुसिकोट-३, तोलादी १५,०००
वसन्त कार्की मुसिकोट-३, तोलादी १०,०००
रेजिना कार्की+अनुष्का कार्की सापकोटा मुसिकोट-८ १०,०००
देव खत्री+सविता खत्री मुसिकोट-३, तोलादी १०,०००
कमला मगर मुसिकोट-४, डाँडाथोक १०,०००
उमाकान्त खरेल वामी ५,०००
शम्भुराज पन्थ बागलुङ ५,०००
मिलन खत्री बागलुङ ५,०००
१० विष्णुराज गिरी मुसिकोट-३, तोलादी ५,०००
११ माधव भट्टराई मुसिकोट-३, थुम्का ५,०००
१२ सुवास रजाली मगर मुसिकोट-२, हाँडीखोला ५,०००
१३ नितु मल्ल शाही चितवन ५,०००
१४ रेनुका रायमाझी मुसिकोट-४, धारापानी ५,०००
१५ रामजी कुँवर मगर मुसिकोट-३, तोलादी ५,०००
१६ श्याम बस्नेत गल्कोट, बागलुङ १०,०००
१७ प्रेम साहनी गल्कोट, बागलुङ ५,०००
१८ दिपक सारु मुसिकोट-४, जेँगा ५,०००
१९ निशा गिरी कालिगण्डकी-७, खस्कोट ५,०००
२० अशोक अधिकारी ५,०००
२१ सुष्मिता खत्री मुसिकोट-३, तोलादी ४,०००
२२ गिता खत्री मुसिकोट-८, मालारानी ४,०००
२३ नारायण घिमिरे वामी ३,०००
२४ केशव अधिकारी मुसिकोट-३, तोलादी ३,०००
२५ अर्जुन कार्की मुसिकोट-३, तोलादी ३,०००
२६ जोजो सिंह ठकुरी मुसिकोट-३, तोलादी ३,०००
२७ सुजन खरेल मुसिकोट-३, तोलादी ३,०००
२८ गंगाराम घिमिरे बागलुङ ३,०००
२९ शोभाखर खरेल मुसिकोट-३, तोलादी २,०००
३० तेज खत्री बागलुङ २,०००
३१ टिका ब. कुँवर १,५००
३२ विनोद घिमिरे चितवन १,०००
३३ रिम ब. कार्की गल्कोट, बागलुङ १,०००
३५ यमलाल सापकोटा चितवन १,०००
३७ जितु ब. थापा बागलुङ ५,०००
३७ प्रकाश अधिकारी रिडी, गुल्मी ३,१००
कुल संकलित रकम २,०२,६०१ जापानी येन/ने.रु. १,७९,३२२/-

यो पनि: ‘सचिन पुन बचाऔँ अभियान’ अन्तर्गत चेक रिपब्लिकबाट अढाई लाख बढी सहयोग संकलन

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो